मौसम आज आंशिकदेखि सामान्य बदली

भक्तपुर न्यूज

२० चैत २०७५ ५:०३

मौसम आज आंशिकदेखि सामान्य बदली

काठमाडौँ । देशका अधिकांश क्षेत्रको मौसम आज आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । यस्तै अपराहन्न तिर हावाहुरी चल्ने सम्भावना पनि छ।

यस्तै मध्य र पश्चिमका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ । अरु क्षेत्रको मौसम भने सफा रहनेछ । मध्य र पश्चिमका एक–दुई ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । विशेष गरि तराईका क्षेत्रमा हावाहुरी चल्ने सम्भावना रहेकाले सचेत हुन सुझाव दिइएको छ ।

प्रकाशित मितिः२०७५ चैत २० बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय