देशका अधिकांश स्थानमा शनिबार मौसम बदली

भक्तपुर न्यूज

१८ फागुन २०७५ ७:५५

देशका अधिकांश स्थानमा शनिबार मौसम बदली

काठमाडौं । आज शनिबार मौसम फेरि बदली भएको छ । देशका अधिकांश स्थानमा शनिबारको मौसम बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविदका अनुसार पश्चिमी क्षेत्रमा बदलीको प्रभाव धेरै रहने छ । पश्चिमी क्षेत्रका अधिकांश स्थानसहित मध्य र पूर्वी क्षेत्रका केही स्थानमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको जानकारी दिएका छन् ।

उच्च पहाडी भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ । आइतबार पनि मौसममा सुधार देखिने सम्भावना नरहेको र केही स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना कायमै रहने छ ।

प्रकाशित मितिः २०७५ फागुन १८ शनिवार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय