साढे पाँच किलो सुन सहित एक पक्राउ

भक्तपुर न्यूज

३ फागुन २०७५ ६:३६

साढे पाँच किलो सुन सहित एक  पक्राउ

कञ्चनपुर । कञ्चनपुरबाट फेरी साढे पाँच किलो सुन सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका— ११ अमरपुरका ३२ वर्षीय लक्ष्मण तिरुवा रहेको प्रहरीले बताएको छ ।

उनको घरमा रहेको बाख्रा बाँध्ने खोरको जमिनमुनी दुईवटा पोका पारेर लुकाइराखेको अवस्थामा पाँच केजी ६६२ ग्राम सुन केन्द्रीय अनुसन्धान ब्यूरो, अपराध अनुसन्धान महाशाखाले फेला पारेको हो । सुनसहित तिरुवालाई नियन्त्रणमा लिएको कञ्चनपुर प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मितिः २०७५ फागुन ३ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय