आज विश्व क्यान्सर दिवस मनाइदै

भक्तपुर न्यूज

२१ माघ २०७५ ५:२८

आज विश्व क्यान्सर दिवस मनाइदै

भक्तपुर । आज विश्व क्यान्सर दिवस, हामी सक्छौं, म सक्छु भन्ने नाराका साथ विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदैछ । क्यान्सर रोगबारे जनचेतना जगाउने उदेश्यले प्रत्येक वर्षको फेब्रुवरी ४ तारीखमा विश्वभर यो दिवस मनाउने गरिन्छ ।

दिवसका अवसरमा नेपालमा पनि आज विभिन्न जनचेतानमुलक कार्यक्रमहरु हुदैछन् । क्यान्सर रोगका क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाले आज अन्तर्राक्रिया, गोष्ठी लगायतका कार्यक्रम गर्दैछन् ।

विश्वमा हुने मृत्युमध्ये १३ प्रतिशत क्यान्सर रोगका कारण हुने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । प्रत्येक ६ जनामध्ये एक जनामा क्यान्सर रोगको जोखिम रहने गरेको अध्ययनले देखाएको छ ।

नेपालमा पछिल्लो समय अव्यवस्थित खानपान, धुँवाधुलो तथा सुर्तीजन्य पदार्थको सेवनका कारण क्यान्सर रोगीहरुको संख्या बढ्दै गएको छ । खानपानमा ध्यान पु¥याउन सके क्यान्सर लाग्ने जोखिम ४० प्रतिशतले कम कम गर्न सकिने चिकित्सकहरु बताउँछन् ।

नेपालमा क्यान्सर रोगको बारेमा यकिन तथ्यांक नरहेपनि ६८ हजार बढी क्यान्सर रोगी रहेको अनुमान गरिएको छ । जसमध्ये महिलाहरुमा हुने पाठेघरको क्यान्सर लाग्ने संखया बढी रहेको भक्तपूर क्यान्सर अस्पतालले जनाएको छ ।

प्रकाशित मितिः २०७५ माघ २१ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *