केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै, माग सम्बोधन हुने सम्भावना पनि सकियो

भक्तपुर न्यूज

१८ माघ २०७५ ५:०२

केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै, माग सम्बोधन हुने सम्भावना पनि सकियो

काठमाडौँ । डा. गोविन्द केसीको अनसनको आज २४औ दिन भएको छ । अहिलेसम्म सरकारी पक्षबाट बार्ता र अनसन तोडाउने विषयमा कुनै पहल भएको देखिदैन । संसदका दुवै सदनबाट चिकित्सा शिक्षा विधेयक पारित भएपछि अब विधेयकमा डा केसीका माग सम्बोधन हुने सम्भावना पनि सकिएको छ । अनसनका कारण डा केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ ।

डा. केसीको अनसनमा एक्येबद्धता जनाउदै पुर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, सुशीला कार्की, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले डा. केसीलाई भेट गरेका छन् । काँग्रेस सभापति देउवाले डा केसीलाई भेटेर अनसन तोड्न आग्रह गरेका छन् ।

सभापति देउवाले सरकार असहिष्ण भएको भन्दै अनशन तोडेर नयाँ तरिकाले लड़ौला भनेका थिए । देउवाले भने, दुवै संसद अवरुद्ध गरेर हामीले चिकित्सा शिक्षा विधेयक रोक्न खोजेका थियौं तर हाम्रो बल पुगेन । हामी सँधै तपाईको साथमा छौं।

प्रतिनिधि सभाबाट गत माघ ११ गते पारित भएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक राष्ट्रिय सभाले बिहीबार काँग्रेसका विरोधका बीच नै पारित गरेको छ । अब राष्ट्रपतिले प्रमाणीकरण गर्नासाथ यो कानुनका रूपमा कार्यानवयनमा आउने प्रावधान रहेको छ ।

सरकारले डा केसीका ९५ प्रतिशत पूरा गरेको दाबि गरिरहेको छ भने डा केसीले भने त्यसलाई अस्विकार गर्दै आफुसँग विगतमा भएका सम्झौता हुबहु विधेयकमा आउनुपर्ने माग राखेका छन् ।

प्रकाशित मितिः २०७५ माघ १८ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *