रोजगारीको ग्यारेन्टीको माग राख्दै आन्दोलनमा उत्रे अस्थायी शिक्षकहरु

भक्तपुर न्यूज

८ माघ २०७५ ८:५३

रोजगारीको ग्यारेन्टीको माग राख्दै आन्दोलनमा उत्रे अस्थायी शिक्षकहरु

भक्तपुर । आफूहरुको रोजगारीको ग्यारेन्टी गर्न माग गर्दै अस्थायी र करारमा कार्यरत शिक्षकहरुले पुनः आन्दोलन थालेका छन् ।

अस्थायी, करार शिक्षक संघर्ष समितिले मंगलबार भक्तपुरको सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा धर्ना दिएर आफूहरुको रोजगारीको ग्यारेन्टी गर्न सरकारलाई दबाब दिन पुनः आन्दोलन थालेका हुन् ।

रोजगारी खोस्न नपाउने संवैधानिक व्यवस्था अनुसार आफूहरुलाई स्थायी गराउने उपयुक्त कानुनी व्यवस्था गर्न माग गर्दै सरकारलाई दवाव दिन सम्बन्धित निकायमा पुनः धर्नासहितको आन्दोलनको कार्यक्रम सुरु गरिएको संघर्ष समितिका संयोजक हेमनाथ चौंलागाईँले बताए।

अस्थायी तथा करारमा रहेका शिक्षकहरुले आफूहरुलाई स्थायी गर्न माग गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पटक पटक ज्ञापन पत्र बुझाएका छन् । फेरी एक पटक शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसँग छलफल गरेर माग सम्बोधन गराउन आग्रह गर्ने उनीहरुको योजना छ ।

संघर्ष समितिले विगतमा गरिएको सहमति अनुसार आफूहरुलाई आन्तरिक परीक्षाबाटै स्थायी गराउने व्यवस्था गर्न पटकपटक सो परीक्षाको व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् ।

आफूहरुको माग सम्बोधन नभएसम्म सम्बन्धित निकायमा धर्नालगायतका आन्दोलनको कार्यक्रम जारी राख्ने पनि संघर्ष समितिका संयोजक चौंलागाईँले जानकारी दिए ।

प्रकाशित मितिः २०७५ माघ ८ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *