डा. केसीको अनसन र सरकार

भक्तपुर न्यूज

३ माघ २०७५ ५:५७

डा. केसीको अनसन र सरकार

इलाम । डा गोबिन्द केसीको १६औं अनसनको बिषयलाई लिएर चिकित्सा संघले एक प्रेश विज्ञप्ती जारी गरेको छ । डा केसीको यो अनसन आज ८ दिन पुगिसकेको छ, तर सरकारको तर्फबाट भने केहि सहमती नभएको भन्दै चिकित्सा संघले बिहीबार विज्ञप्ती जारी गरेको हो ।

अब आउने नयाँ पिंढीलाई स्वास्थ्य क्षेत्रमा कठिनाइ नपरोस भन्दै डा।के।सी बसेको अनसनलाई सरकारले बेवास्था गरेको आपत्ती व्यक्त गरेका छन् ।

संघले सरकार यस विषयमा मौन भएर बस्नुभन्दा गंभिर भएर सोच्नुपर्ने बेला आएकोले यसलाई बेवास्था नगर्न आग्रह गरेका छन् । स्वास्थ्य शिक्षा सुधार लगायतका ६ वटा माग राखी अनशनरत डा गोविन्द केसीको अवस्था कमजोर बन्दै गएको भने सरकारले समेत उनको माग प्रति कुनै चासो नदेखाएको आरोप बढ्दो छ।

त्रिवि शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा केसीको यो १६ औँ अनशन हो। इलाम नगरपालिकाको फूलगाछीमा उनी अनशन बसेका छन्। यसअघि भएको सम्झौता विपरीत शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयक बहुमतले पारित गरेपछि उनले त्यसलाई अनसनको मूल मुद्दा बनाएका छन्।
थियो।

प्रकाशित मितिः २०७५ माघ ३ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *