सम्झौता पुरा नभएको भन्दै केसी आमरण अनशनको तयारीमा
काठमाडौँ । त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा.गोविन्द केसी बुधबारबाट फेरि अनशन बस्दैछन् । सरकारसंँग भएको सम्झौता पुरा नभएको भन्दै उनी आमरण अनशनको तयारीमा जुटेका हुन् ।
केसी १६औं अनशन बस्न इलाम पुगेका छन् । १४ पटकसम्म काठमाडौंमा अनशन बसेका केसी जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५ औं अनशन बसेका थिए ।
२७ औं दिनमा उनको १५ औं अनशन तोडिएको थियो । गत साउन १० गते सरकारसँग भएको सम्झौता तत्काल कार्यान्वयन गर्नुपर्ने, संसदबाट चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने, सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम सुरु गर्नुपर्ने माग राखेका छन् ।
प्रकाशित मितिः २०७५ पुष १८ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१९ जेठ २०८२ ११:४९
भारतमा भारी वर्षा, बाढीपहिरोबाट १४ जनाको मृत्यु
१९ जेठ २०८२ ११:५३
पीएसजीले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जित्यो
२० जेठ २०८२ १२:३३
जेलेन्स्कीले किङ अफ ड्रोन्सको पत्ता खेले ४० रुसी लडाकु विमान ध्वस्त
२० जेठ २०८२ १३:४१
वार्ता समिति गठन गरेपनि चक्काजाम जारी
२० जेठ २०८२ १४:२७