परीक्षा नियन्त्रण कार्यालय पनिका खारेज

भक्तपुर न्यूज

१ असोज २०७५ ४:२१

परीक्षा नियन्त्रण कार्यालय पनिका खारेज

काठमाडौं । शिक्षा मन्त्रालय अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय पनिका खारेज भएको छ । हिजो बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार वि सं १९९० देखि विद्यालय तहको अन्तिम परीक्षा एसएलसी सञ्चालन गर्दै आएको पनिका खारेज भएको हो ।

८५ वर्षको इतिहास बोकेको पनिका खारेज भएपछि अब त्यसले गर्दै आएका काम कारबाही राष्ट्रिय परीक्षा बोर्डबाट हुनेछन् ।शिक्षा ऐनको नवौँ संशोधनले कक्षा १२ सम्मलाई विद्यालय तह बनाएको छ । कक्षाम ८ सम्म आधारभूत र कक्षा ९–१२ सम्मलाई माध्यमिक तहमा विभाजन गरेको छ ।

विद्यालय तहको अन्तिम परीक्षा कक्षा १२ मा हुने र त्यसका लागि राष्ट्रिय परीक्षा बोर्ड गठन भई सञ्चालनमा आइसकेको छ । बोर्डले दिएको अख्तियारीअनुसार माध्यमिक शिक्षा परीक्षा एसइई, कक्षा १० को परीक्षा लिएको थियो । शिक्षा मन्त्रालयले साबिकको पनिकामा कार्यरत कर्मचारीलाई अर्को निर्णय नहुँदासम्म बोर्डमै हाजिरी गराई काममा लगाउने व्यवस्था मिलाउने शिक्षा मन्त्रालयले निर्णय गरेको छ । कार्यालय खारेजी र त्यहाँका कर्मचारीलाई बोर्ड हाजिरी गराउन शिक्षा मन्त्रालयले पत्राचार गरिसकेको छ ।
प्रकाशित मितिः २०७५ असोज १ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *