सरकारले विदेशमा उपचारका लागि लाग्ने खर्च नव्यहोर्ने

भक्तपुर न्यूज

२९ भदौ २०७५ ७:४५

सरकारले विदेशमा उपचारका लागि लाग्ने खर्च नव्यहोर्ने

काठमाडौं । सरकारले कुनै पनि व्यक्तिको विदेशमा उपचारका लागि लाग्ने खर्च नव्यहोर्ने भएको छ। जनस्वास्थ्य सम्बन्धी विधेयकमा संशोधन मार्फत् विदेशमा हुने उपचारको खर्च सरकारले नव्यहोर्ने व्यवस्था गरिएको हो।

नेता तथा उच्च तहका सरकारी अधिकारीहरूले राज्यकोषबाट रकम लिएर विदेशमा उपचार गराउँदै आएका छन्। नयाँ विधेयकले यस्तो खर्च सरकारले नव्यहोर्ने व्यवस्था कानूनमै गर्न लागेको हो। संसदको शिक्षा तथा स्वास्थ्य समितिले उपचार खर्न नव्यहोर्ने गरी प्रतिवेदन तयार गरी संसदमा पुर्‍याएको हो।

संसदबाट पास भएपछि विधेयकले कानूनी हैसियत प्राप्त गर्नेछ। विधेयकले सरकारी अस्पताल वा स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकले ड्युटीको समयमा अन्यत्र सेवा गर्न नपाउने व्यवस्था समेत गरेको छ।

त्यस्तै, समितिले संसदमा पठाउने तयारी गरिरहेको विधेयकमा स्वास्थ्य संस्थालाई स्रोत साधन र जनशक्ति भएको अवस्थामा अस्पताल विस्तार गर्न छुट दिएको छ। त्यस्तो सेवामा खटिने चिकित्सक, स्वास्थ्यकर्मी वा कर्मचारीले अतिरिक्त भत्ता र अन्य सुविधा प्राप्त गर्ने व्यवस्था समेत विधेयकमा गरिएको छ।

विधेयकलाई स्वास्थ्य संस्थालाई एम्बुलेन्स शवबहानको व्यवस्था गर्न मन्त्रालयले बाध्य बनाउन सक्ने व्यवस्था समेत गरेको छ। मन्त्रालयले स्वास्थ संस्थाले उपलब्ध गराउने यस्ता सुविधाको मापदण्ड तयार गर्नेछ।

प्रकाशित मितिः २०७५ भदौ २९ सुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *