उपत्यकाका शिक्षण संस्था २ दिन बिदा

भक्तपुर न्यूज

१३ भदौ २०७५ ६:३५

उपत्यकाका शिक्षण संस्था २ दिन बिदा

काठमाडौं । २०७५ भदौ १३ बुसरकारले बिमस्टेक सम्मेलनको अवसरमा उपत्यकाका शिक्षण संस्था २ दिन बिदा दिने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा जारी सूचनामा यही भदौ १४ र १५ गते काठमाडौं, भक्तपुर र ललितपुरका शिक्षण संस्थामा बिदा दिने उल्लेख छ।

‘शिखर सम्मेलनमा भाग लिन आउने पाहुनाहरूको आवागमनलाई सुरक्षित,व्यवस्थित र सहज बनाउने उद्धेश्यले भदौ १४ र १५ गते काठमाडौंका शिक्षण संस्था स्थानीय सरकारमार्फत् बन्द गराउन आग्रह गरिएको’ मन्त्रालयबाट जारी सूचनामा भनिएको छ।

यसका साथै, गृहमन्त्रायलमा भएको छलफलले बुधबारदेखि तीन दिनसम्म सार्वजनिक तथा निजी सवारीमा जोड विजोड प्रणालीमा सञ्चालन गर्ने निर्णय समेत गरेको छ। जोर विजोड सवारी सञ्चालन गर्ने सवालमा भने अत्यावश्यक सवारी साधन, बिमस्टेकको कार्ड होल्डर र मिडियालाई भने जोर विजोड लागू नहुने जनाएको छ।

मिडियाको हकमा सूचना विभागको कार्ड अनिवार्य साथमा हुनुपर्नेछ। १५ गते सम्म बेलुका १० देखि बिहान ६ बजेसम्म भने जोर विजोड लागू नहुने जनाइएको छ।

प्रकाशित मितिः २०७५ भदौ १३ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *