सरकारले ९ बुदे सहमति अक्षरस कार्यान्वयन गर्नेमा केसी आशावादी
काठमाडौ २३ साउन । डाक्टर गोबिन्द केसीले २७ दिनसम्म अनशन बसे उपचार गराई हिजो त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज भए सँगै गरिएको पत्रकार सम्मलेनमा चिकित्सा शिक्षा सुधारका अभियन्ता केसी धुरुधुरु रोएका थिए । उनले रुदै भनेको थिए आफू स्क्ने मात्र काम गरेको र अरु धेरै काम जनप्रनिधिहरु र सरकारले पुरा गर्ने बताए ।
उनले जनप्रतिनिधिहरुलाई भने हामिले हाम्रो क्षेत्रबाट गर्ने काम सक्दो गर्यो र तपाँइहरुको काम बाँकिनै रहेका छन् भन्न समेत भ्याए । केसीले चिकित्सा क्षेत्रको बिषय लिएर गरेको सत्याग्रह कुनै राजनीतिक मुद्धा नभएको समेत स्पष्ट पारे । अनसनका समयमा केसीले उपचार गर्न नमानेको र भोकै बसेकाले स्वास्थ्इ अवस्था कम्जोर रहेको डाक्टहरुले जनाएका छन् ।
उनले सरकारले आफूसँग गरेको ९ बुदे सहमति अक्षरसः कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । केसीले सहमति कार्यान्वयन भएन भने म १६ औं सत्याग्रह बस्न पनि पछि हट्दिनँ । तर मलाई सरकारसँग विश्वास छ, सहमति कार्यान्वयन हुनेछ।
