भक्तपुरको ठूलो घण्टा (तव गां)

भक्तपुर न्यूज

२२ साउन २०७५ ७:१८

भक्तपुरको ठूलो घण्टा (तव गां)

। ओम धौभडेल । मल्लकालमा काठमाडौं, पाटन, भक्तपुरको बिचमा हरेक क्षेत्रमा प्रतिस्पर्धा हुने क्रममा तीनै राज्यको दरवार क्षेत्र अर्थात लायकु धेरै क्षेत्रमा समान छ । त्यसमा तीनै दरवार क्षेत्रमा देख्न सकिने ठूलो घण्टा एक उदाहरण हो । देवदेवीको मन्दिरको अग्रभागमा साना ठूला घण्टा राख्ने चलन कुनै नौलो होइन । तर १५–२० जनाले नै उचाल्न नसक्ने मानिस भन्दा अग्लो आकारको तव गां अर्थात ठूलो घण्टा राख्नुको उद्देश्य एक आपसमा प्रतिस्पर्धाकै कारण मात्र हो । यसै सन्दर्भमा भक्तपुरको राजदरवार तथा तलेजु मन्दिर समिप एउटा मण्डप माथि ठूलो घण्टा देख्न सकिन्छ । विश्व प्रसिद्ध सुनको ढोका र ५५ झ्याले दरवार अगाडी रहेको यो घण्टा सँगै दुङ्गे ढुङ्गाले बनेको सिद्धीलक्ष्मी बत्सलाको मन्दिर जोडिएको छ । सँगैको तलेजु भवानीलाई सर्मपण गरि स्थापना गरिएको यो घण्टा दिनँहु विहान साँझ सोहि तलेजु मन्दिरका पुजारीहरूबाट बजाउने परम्परा छ ।

भक्तपुर लायकु क्षेत्रलाई विभिन्न राजाहरूले विभिन्न कलाकृतिले सजाउने क्रममा ने.स. ८५७ पौष कृष्ण प्रतिपदाको दिन मल्ल राजा रणजीत मल्लले बनाउन लगाएको ठूलो घण्टा हो । उनै राजाले विश्व प्रसिद्ध सुनको ढोका भन्दा १७ बर्ष अगाडी नै त्यहाँ ठूलो घण्टा बनाइसकेको हुदाँ यस ठाउँमा ठूलो घण्टाको महत्व अरु बढेको छ । त्यसमाथि पनि तत्कालिन राजा तथा राज्यले कुनै सम्पदा÷संस्कृतिलाई शुभारम्भ गर्दा त्यसको सम्पूर्ण विवरण, आयव्यय, घटना, तिथिमिति सहित टिपी राख्ने चलन थियो । राजा रणजीत मल्लले पनि तलेजु भवानीलाई समर्पण गर्न बनाउन लगाएको ठूलो घण्टा बारे एक एक हिसाव र प्रविधि लगायत सरसामानको उल्लेख भएको धरपौ लेखि भक्तपुर तलेजु भित्र सुरक्षित गरि राखेको थियो ।

जुना पृथ्वी नारायण शाहले भक्तपुर जिति सकेपछि हनुमानढोका दरवारमा लगेको थियो । यता गिर्वाण युद्धविक्रमको समयमा उक्त ग्रन्थ राष्ट्रिय पुस्तकालयमा रहन गयो । जसको सर्वप्रथम डा. जनक लाल बैद्यबाट खोजविन भयो । राष्ट्रिय अभिलेखालय भित्र धर्म विविध शिर्षक अन्तर्गत लगत संख्या १६९६÷११०६ मा रहेको उक्त ग्रन्थ पछि माइक्रोफिल्म रिल नम्बर ब्टज्ञण्रज्ञछ मा खिचिई सुरक्षित गरेको छ । उक्त ग्रन्थबाट भक्तपुर लायकुमा रहेको ठूलो घण्टा कहिले कसरी कुन प्रविधि अपनाई बन्यो । सम्पूर्ण जानकारी हासिल हुन आउँछ र महत्वपूर्ण कार्यहरू तिथिमिति सहित उल्लेख गरेको छ ।

उदाहरणको लागि ने.स. ८५३ आषाढ बदि त्रयोदशीको दिन ठूलो घण्टा बनाउन १३४ धानी मैन ल्यायो । त्यस्तै ने.स. ८५३ श्रावण सुदि दितियाको दिन उक्त मैनलाई घण्टाको आकार दिने काम भयो । ने.स. ८५३ भाद्र बदि नवमीको दिन मैनको थासामा मुसंचा (माटो) को लेप लगाउने काम भयो । जुन काम ने.स. ८५४ बैशाख बदि द्धितीयाको दिन सम्पन्न भयो । ने.स. ८५४ बैशाख बदि तृतीयाको दिन बज्रमाटोे लिप्ने काम भयो । ने.स. ८५५ कात्र्तिक बदि पञ्चमीको दिन फलाम जम्मा पार्ने काम भयो । ने.स. ८५६ कात्र्तिक बदि सप्तमीको दिन भुस र माटो मिलाई छोप्ने काम भयो । ने.स. ८५६ पौष शुदि द्धितीयाको दिन तातो फलामको झोल भर्ने काम भयो । ने.स. ८५७ पौष कृष्ण प्रतिपदाको दिन ठूलो घण्टा तयार भयो र तलेजुलाई समर्पण गरियो ।

यस ग्रन्थको आधारमा ठूलो घण्टा बनाउने कार्य ने.स. ८५३ आषाढ बदि त्रोदशीबाट शुरु भई ने.स. ८५७ पौष सुदि कृष्ण प्रतिपदाको दिन तयार भयो । जसको आधारमा यो घण्टाले ४ बर्ष ६ महिना समय लिएको पुष्टि हुन्छ । त्यस्तै उक्त ग्रन्थबाट ठूलो घण्टा बनाउँदा अपनाएको प्रविधि समेत महत्वपूर्ण हुन आउँछ । घण्टा बनाउनु अघि मैनको थासा (साँचो) बनाइने गथ्र्याे । त्यसमा भित्र बाहिर दुवैतिरबाट मुसंचा(माटो) र गोवरको लेप लगाईन्छ । ठूलो घण्टा बनाउने क्रममा आवश्यक मुसंचा महाकाली पिठ पारी कासान भन्ने ठाउँबाट ल्याएको थियो । घण्टाको आकार सानो भएको भए एक पटक मात्र लेप लगाए पुग्नेमा ठूलो घण्टाको सन्दर्भमा तीनपटक सम्म लेप लगाएको पायो ।

यसरी तीन तहमा लगाएको लेप सुकेपछि त्यसमाथि पुन दुवैतीर बाट माटो र भुसको लेप लगायो । शुरुमा पातलो लेप लगाउँदै सुकेपछि त्यसमाथि दुईपल्ट सम्म बाक्लो तहमा लेप लगायो । यो लेप बनाउन अरु माटो नभई बज्रमाटो नै चाहिन्छ । जहाँ एकपाथी बज्रमाटोमा एक पाथी नै गोवर मिसाई सकेपछि त्यसमा १ कुरुवा फलामको धुलो, १ कुरुवा पिनाको धुलो, डेढ कुरुवा कपडाको टुक्राटुक्री, डेढ कुरुवा पिठो राखी मिश्रण तयार पारिन्छ ।

यता लेपहरू सबै राम्ररी सुकी सकेपछि त्यसभित्र रहेको मैनलाई पगालेर बाहिर निकाल्छ र त्यही फलाम, काँचो फलाम, तामाको टुक्रा, जस्ता घातुहरू ठाउँठाउँबाट ल्याई पगाल्ने काम भयो । उक्त तातो फलामको झोल थासा भित्र खन्याउने र हावाबाट मात्र चिस्याएर जमायो । अन्तमा थासा सबै हटाएपछि ठूलो घण्टा तयार भयो । ठूलो घण्टा बनाउँदा अनुभवी पाका व्यक्तिहरूले बडो होसियारीपूर्वक काम गरेको ठहरिन्छ । जसको कारण साढे चार बर्षको दौरानमा ठूलो घण्टा बनाउँदा कुनै दुघर्टना भएनन् । ठूलो घण्टा तयार भई प्रतिष्ठा गर्दा राजा अत्यन्त खुशी भई एउटा दाफा गीत समेत लेखे । जुन यस प्रकारको छ ।

दाफा गीत
आहाल रणजीत मल्लया तव बोज्या भिङ हँ ।
मेस , दुगु, हास स्याङा पलवान पलमान तवमादिया महाभैरव पुजा ।।
नेखे सित्थे न्याया खापा दथुसं लुया माक
सोपु गजु तयान सुदंल ।
तवगां थन्थे धका थ्युलि बाज्या सुना बिल
गन मनं तव गां थन्थे ।।३।।
नेपु सोपु ङापु सिख नेखे सिल्थे सुदल
तन मन तव गा. थ खाल ।।४।।
मुसिं पतिकं फय गाथ लुँ पोलस खडग गजुर
तंन मन तया नं सुदंल ।।५।।
लोह्र खम्ब थाने धका थुलि बोज्य सुमदि
तनं मनं लोह खबां थान
दको दाफा दको प्याखनं हुयकाव वलो
लो याङ तन मन तलेजुके सेवा ।।६।।

जसको आधारमा तलेजु भवानीलाई प्रिति गरि ठूलो घण्टा चढाउँदा हासँ, बोका, राँगो (पन्चवली) दिई टौमढीको भैरवको पुजा गरेको थियो । मोटो मोटो फलामको सिक्रीले बाँधि दुईतिर मोटा मोटा खम्बा बिच ठूलो घण्टा अत्यन्त कठिन पूर्वक जोडेको उक्त दाफा गीतमा छ । यसरी ठड्याएको तव गां ठूलो घण्टालाई आकर्षक बनाउन तीन वटा गजुर र सुनको छाना लगाई खड्ग समेत जोडियो । प्रत्येक मुथलमा फय गां (हावाले बज्ने घण्टी) जोडियो । यता ठूलो घण्टाको लागि ढुङ्गाको मोटो खम्बा अत्यन्त कसरत पूर्वक उठाउने काम भयो र यतिकष्ट पूर्वक ठूलो घण्टा राखी सकेपछि भक्तपुरका सबै दाफा भजनहरूलाई निमन्त्रणा गरि संगीतमय वातावरण बनाउने सम्ममा भक्तपुरमा रहेका सबै नाचहरू समेत देखाइयो ।

यसबाट ठूलो घण्टा राखेको अवसरमा सम्पर्ण भक्तपुर खुशीले नाचेको र संगीतमय बनेको देखिन आउँछ । स्वयम रणजीत मल्ल ठूलो घण्टा स्थापना गर्न पाएकोमा अति दंग हुन पुगे र भक्तपुरका दाफाहरूलाई यहि दाफा गरि लेखि गाउन लगाए । यो ठूलो घण्टा बनाई एक बर्ष पछि उनै राजाले खुशी मनाई एउटा नाटक लेखि प्रदर्शन गर्याे । ने.स. ८५८ फागुण शुदिको दिन कृष्णचरित्र नामक नाटक लेखि मञ्चन गराएको थियो । संस्कृत मैथिली एवम नेपालभाषाबाट लेखिएको यो नाटकमा स्पष्टसँग तलेजु भवानीलाई ठूलो घण्टा चढाएको भनि किटान गरेको छ ।

दाफा गीत
आहाल रणजीत मल्लया तव बोज्या भिङ हँ ।
मेस , दुगु, हास स्याङा पलवान पलमान तवमादिया महाभैरव पुजा ।।
नेखे सित्थे न्याया खापा दथुसं लुया माक
सोपु गजु तयान सुदंल ।
तवगां थन्थे धका थ्युलि बाज्या सुना बिल
गन मनं तव गां थन्थे ।।३।।
नेपु सोपु ङापु सिख नेखे सिल्थे सुदल
तन मन तव गा. थ खाल ।।४।।
मुसिं पतिकं फय गाथ लुँ पोलस खडग गजुर
तंन मन तया नं सुदंल ।।५।।
लोह्र खम्ब थाने धका थुलि बोज्य सुमदि
तनं मनं लोह खबां थान


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *