२५ असार । फिफा विश्वकप २०१८ को सेमिफाइनलमा पुगेका चारवटै टोली युरोपका छन्। रसियामा भइरहेको २१औँ संस्करणको विश्वकप युरोपियन राष्ट्रले जित्ने पक्का छ। लगातार चौथो पटक विश्वकपले युरोपबाट च्याम्पियन पाउने पक्का छ
सेमिफाइनलमा फ्रान्स र बेल्जियम तथा इंग्ल्याण्ड र क्रोएसियाबीच खेल हुनेछ। यसअघि नै एक(एक पटक च्याम्पियन भएको फ्रान्स र इंग्ल्याण्ड दोस्रो पटक च्याम्पियन बन्ने योजनामा छ भने बेल्जियम र क्रोएसिया पहिलो पटक फाइनल पुग्दै इतिहास रच्ने दाउमा हुनेछ। एजेन्सी
Comments