डाक्टर केसीको स्वास्थ्य अवस्था जटिल बन्दै
जुम्ला २५ असार । डाक्टर गोविन्द केसीको मागका बिषयलाई लिएर सरकार संबेदनशिल नरहेको तथ्यहरु बाहिर आईरहेका बेला नौ दिनदेखि अनशनरत केसीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ । यता सरकारले उनको मागको सम्बोधन गर्ने तत्पराता नदेखाई रहेको बेला उनले आफ्नो स्वास्थ्यका लागि अत्यावश्यक औषधिसमेत लिन मानेका छैनन् । उपचारमा संलग्न डाक्टरका अनुसार केसीले अक्सिजन र स्लाइनबाहेक अरू औषधि लिएका छैनन् ।
केसी स्विकृति नदिएकै कारण औषधि चलाउन नसकेको डाक्टरहरु बताउँछन् । यसरी औषधि लिन नमानेकै कारण केसीको स्वास्थ्य अवस्था झनै नाजुक बन्दै गएको छ । केसीलाई मांसपेशी सुनिने, रिंगटा लाग्ने, छातीको धड्कन बढ्ने, पिसाब नहुने जस्ता समस्या देखिएको चिकित्सकहरूले बताएका छन् । केहि दिन अघि स्वास्थ्य मन्त्रीले केसीको उपचारका लागि पठाएको चिकित्सकको टोलीबाट समेत केसीले सेवा लिएका छैनन् ।
यसरी स्वास्थ्य अवस्था दिन प्रतिदिन ब्रिगदो अवस्थालाई मध्येनजर गर्दै नेपाल चिकित्सक संघले काठमाडौंबाट पठाएका दुईजना विशेषज्ञ चिकित्सकले केसीलाई काठमाडौ एअरलिफ्ट गर्न सुझाव दिएता पनि केसीले उनीहरूको सुझावसमेत मानेका छैनन् । ‘स्वास्थ्यअवस्था जटिल बन्दै छ । हामीले सकेजति उपचार गरिरहेका छौँ,’ केसीको उपचारमा संलग्न एक डाक्टर बताउँछन् । उहाँ आफ्नो माग प्रति अडिग हुनुहुन्छ । चिकित्सकका सल्लाह मान्न तयार देखिनु भएको छैन । केसी अध्यादेशकै स्वरुपमा चिकित्सा शिक्षा विधेयक नआएसम्म अनसन नत्याग्ने अडानमा छन् ।
अनसन नतोड्ने बरु, मर्न तयार रहेको उनले पहिला नै बताई सकेका छन् । यसरी केसीको मागलाई सम्बोधन गर्नु पर्ने आवज सहित समर्थन जनाउँदै आन्दोलन थालेको नागरिक समाज जुम्लाले तत्काल माग सम्बोधन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । केसीका जायज मागलार्य तत्काल राज्यले सम्बोधन गरिनु पर्नेमा नागरिक समजाले जोड दिएको छ ।
