भक्तपुरको राधेराधेमा बसको ठक्करले मोटरसाइकल चालकको मृत्यु

भक्तपुर न्यूज

१९ जेठ २०७५ १६:११

भक्तपुरको राधेराधेमा बसको ठक्करले मोटरसाइकल चालकको मृत्यु

भक्तपुर, १९ जेठ । भक्तपुरमा बसको ठक्करले आज मोटरसाइकल चालकको मृत्यु भएको छ । मध्यपुरथिमि नगरपालिका–४ राधेराधे अगाडि भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा ३ ख २७२२ नम्बरको बसले निकोसेराबाट आउँदै गरेको बा ४० प २०९४ मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मध्यपुरथिमि–९ निकोसेरा थिमिका २४ वर्षीय दिपक ख्याजुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
निकोसेराबाट आउँदै गरेको मोटरसाइकललाई बाटो पार गर्ने क्रममा बसले ठक्कर दिँदा घाइते भएका ख्याजुको मध्यपुर अस्पतालमा उपचार हुन नसकेपछि ललितपुरस्थित बिएण्डबी अस्पताल पु¥याएपछि मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईँले जानकारी दिए ।
बसका चालक सिन्धुपाल्चोक घर भई हाल भक्तपुर च्यामासिंह बस्ने २८ वर्षिय दिप बहादुर प्रधान र बस महानगरीय प्रहरी वृत्त थिमिको नियन्त्रणमा राखिएको छ । थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय