प्रदेश सभा सदस्य लामिछानेको निधन

भक्तपुर न्यूज

३१ वैशाख २०७५ ८:२३

प्रदेश सभा सदस्य लामिछानेको निधन

भक्तपुर, ३१ बैशाख । भक्तपुर निर्वाचन क्षेत्र नं. १ प्रदेश क बाट निर्वाचित प्रदेश नं ३ का प्रदेशसभा सदस्य हरिशरण लामिछानेको निधन भएको छ । मतिष्तघातका कारणले उपचारका क्रममा सिनमामंगल स्थित काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालमा आज दिउँसो १ बजे उनको निधन भएको नेकपा एमाले भक्तपुर जिल्ला कार्यबहाक अध्यक्ष बच्चन देउजाले जानकारी दिए ।
रारा क्षेत्रको भ्रमण सकेर शनिबार साँझ मात्रै घर फर्किएका ५१ वर्षिय लामिछाने अस्वस्थ्थ भएपछि आइतवार उपचारका लागि केएमसी अस्पतालको भेन्टिलेटरमा राखेर उपचारमा भर्ना गरिएको थियो । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कार्यबहाक अध्यक्ष देउजाले जानकारी दिए ।
चाँगुनारायण नगरपालिका वडा नं. ६ (तेलकोट) निवासी लामिछानेको नेकपा एमाले जिल्ला कमिटी भक्तपुरका सचिव समेत रहेका थिए । उनी नेकपा एमालेको तर्फबाट भक्तपुर क्षेत्र नं १ प्रदेश नं क बाट प्रदेशसभा सदस्यमा हुन् । उनका श्रीमति, एक छोरा र ३ छोरी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय