सरकारले श्वेतपत्र होइन, लालपत्र ल्यायो : काँग्रेस

भक्तपुर न्यूज

२६ चैत २०७४ ११:२१

सरकारले श्वेतपत्र होइन, लालपत्र ल्यायो : काँग्रेस

काठमाडौं । प्रमुख प्रतीपक्षी नेपाली कांग्रेसले सरकारले जारी गरेको स्वेतपत्रलाई लालपत्र’ को सज्ञा दिएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले अगाडि सारेको स्वेतपत्रलाई ‘लालपत्र’ को सज्ञा दिएका हुन् ।
प्रवक्ता शर्माले अर्थतन्त्रलाई नकारात्मक देखाउन सरकारले आफ्नो अनुकुल तथ्यहरुलाई समेटेर सरकारले श्वेतपत्र ल्याएको बताए ।
‘श्वेतपत्र निश्चित कालखण्डको छायाँ चित्रका रुपमा इमान्दार ढंगले प्रस्तुत भएको छैन । कुन निश्चित कालखण्डको तथ्याकं र चित्र प्रस्तुत गर्दा बढी नकारात्मक सम्प्रेषण गर्न सकिन्छ भन्ने मनशायले प्रेरित देखिन्छ श्वेतपत्रको प्रस्तुति’ उनले भनेका छन् ‘कहीं दुई वर्षको चित्र छ त कतै अढाई दशकको, कुनै सन्दर्भमा दश वर्षको मुल्याकंन छ त कहीं पाँच वर्षको टिपोट गाँसिएको छ ।’
सरकारले नैतिक इमान्दारिताभन्दा पर गएर संगतिरहित सन्दर्भहरु गाँसेर तयार पारिएको भन्दै कांग्रेसले स्वेतपत्रलाई ‘अवौद्धिक र अव्यवसायिक मुचुल्का’ भनेको छ ।
स्वेतपत्रमार्फत सरकारले मुलुकको ढुकुटी रित्तो रहेको सन्देश दिन खोजेपनि सरकारी ढुकुटीमा ३ खर्बभन्दा बढी बजेट रहेको भन्दै कांग्रेसले अहिलेको सरकारले कांग्रेसलाई ढुकुटी रित्याएको आरोप लगाउनमात्र खोजेको बताएको छ ।
चैत १६ गते अर्थमन्त्री युवराज खतिवडाले संसदमा श्वेतपत्र जारी गर्दै सरकारी ढुकुटी लगभग रित्तिएको बताएका थिए । कांग्रेसले पत्रकार सम्मेलन गरी २४ बुँदे धारणा सार्वजनिक गरेको छ ।

हेर्नुस् स्वेतपत्रबारे कांग्रेसको धारणा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय