समृद्ध प्रदेश निर्माणको सम्भावना कति ?

भक्तपुर न्यूज

२२ माघ २०७४ ४:३१

समृद्ध प्रदेश निर्माणको सम्भावना कति ?

कमल न्यौपाने । अब प्रदेशको समग्र विकास हुनेमा जनताले धेरै अपेक्षा गरेका छन् । २० औ वर्षसम्म जनप्रतिनिधि सहितको ब्यवस्थापिका नभएको र प्रदेश स्तरमै पहिलो पटक प्रदेश ब्यवस्थापिका पाएका जनताले धरै अपेक्षा गर्नुलाई अस्वभाविक मान्न सकिंदैन । ६ नम्बर प्रदेश आफैमा बिबिधता भएको प्रदेश हो । मुलुककै पुरानो शिलालेख दुल्लुदेखि राराताल र काँक्रेविहारसम्मको उदगम स्थल हो यो प्रदेश । श्रीस्थान लगायत पञ्चकोशी तिर्थस्थलदेखि शे फोक्शुन्डो ताल हुँदै बुलुबले ताल र महाबुलेकदेखि गोडिकाडासम्मको पर्यटकिय ओतप्रोत प्रदेश नम्बर ६ को बिकासको खाका योजनाबद्ध ढंगले कोर्न सके यो प्रदेश सबै क्षेत्रमा समृद्ध बन्न सक्ने खुबि राख्छ भन्दा फरक नपार्ला ।क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो प्रदेश ६ ले नेपालको ३३ प्रतिशत भूभाग अर्थात ४८,३३२ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ, जहाँ ३८ लाख (१४ प्रतिशत) मानिसहरुको बसोबास छ ।

प्रदेशको आर्थिक विकासका लागिमात्रै होइन, वातावरण संरक्षणका लागि पनि त्यहाँको जमिनको बनोट, उत्पादकत्व, क्षमता र भौगोलिक विषेशता आदिका बारेमा थाहा हुन जरुरी हुन्छ । भूउपयोगको नक्साले कुन क्षेत्रमा के र कसरी भूमिको प्रयोग भइरहेको छ भन्ने जानकारी दिन्छ । खाली पर्ति जग्गाको वितरणमा पनि प्रदेश ६ नै धेरै अगाडि देखिन्छ । नेपालको कुल २,९४० वर्ग किलोमीटर पर्ति जग्गा क्षेत्रमध्ये ५४ प्रतिशत भाग प्रदेश ६ मा पर्दछ । बुट्यान क्षेत्रको हिसाव गर्दा नेपालको १९,८५१ वर्ग किलोमिटर बुट्यान क्षेत्रले ढाकेको छ, जसमध्ये ४६ प्रतिशत बुट्यान क्षेत्र प्रदेश नम्वर ६ मा परेको छ । बुट्यानको वितरणमा पनि सबैभन्दा कम क्षेत्र प्रदेश २ मा पर्दछ जसमा १२४ वर्ग किलोमिटर मात्रै बुट्यान क्षेत्र परेको छ । अहिले पनि प्रदेश ६ मा ३७ प्रतिशत भाग हिँउले ओगटेको क्षेत्र छ ।
सडकलाई आर्थिक विकासको मेरुदण्ड र विकासका अन्य पूर्वाधार निर्माणको जग मानिन्छ । सडक विभागको पछिल्लो तथ्यांक अनुसार नेपालमा सडक सञ्जालको लम्वाई १२,५९० किलोमिटर पुगेको छ, जसमध्ये कच्ची सडक ४,३९५ किलोमिटर, ग्राभेल सडक १,७३५ किलोमिटर र कालोपत्रे सडक ६,४६० किलोमिटर छ ।

सोही तथ्यांक अनुसार, नेपालमा अहिले करिव २५८ किमी सडक निर्माणाधीन छ भने १,७८८ किलोमिटर सडक बन्ने योजना बनिसकेको छ । सडक सञ्जालको लम्बाइको हिसावले प्रदेश ६ दोस्रो नम्बरमा परेता पनि यस प्रदेशको अधिकांश सडक कच्ची सडक हो । यहाँको २,४७२ किमी सडकमध्ये आधा जति सडक कच्ची छ । बन्दै गरेको सडक भने प्रदेश ६ मा धेरै छ । नेपालमा बन्दै गरेको सडकको ७० प्रतिशत उक्त प्रदेशमा परेको छ भने प्रस्तावित सडकको ३७ प्रतिशत अर्थात ६६४ किलोमिटर सडक खण्ड उक्त प्रदेशमा परेको छ । केन्द्रीय तथ्यांक विभागले विभिन्न आर्थिक क्षेत्रहरुले कुल ग्राहस्थ उत्पादनमा दिने योगदानहरु समेटेर सार्वजनिक गर्ने राष्ट्रिय लेखा तथ्यांकको पछिल्लो जिल्लागत विवरण सार्वजनिक रुपमा उपलब्ध छैन । राष्ट्रिय लेखा तथ्यांकमा विभिन्न औद्योगिक क्षेत्रहरुलाई १५ क्षेत्रमा विभाजन गरिएको छ, जसमा कृषि तथा वन, मत्स्यपालन, खानी तथा उत्खनन, उद्योग, विद्युत, ग्यास तथा पानी, निर्माण, थोक तथा खुद्रा व्यापार, होटल तथा रेष्टुरेन्ट, यातायात सञ्चार तथा भण्डारण, वित्तीय मध्यस्थता, रियल स्टेट तथा व्यवसायिक सेवा, सार्वजनिक प्रशासन तथा रक्षा, शिक्षा, स्वास्थ्य र अन्य सामुदायिक, सामाजिक तथा व्यक्तिगत सेवा पर्दछन् । विद्युत, ग्यास तथा पानीमा प्रदेश नं ३ ले सबैभन्दा धेरै ३४ प्रतिशत योगदान दिन्छ भने प्रदेश ६ सबैभन्दा कम योगदान दिने प्रदेशमा पर्दछ ।

दुरीको हिसावले टाढा भएता पनि प्रदेश नं ६ मा शे फोक्सुन्डो राष्ट्रिय निकुञ्ज, रारा राष्ट्रिय निकुन्ज, खप्तड राष्ट्रिय निकुन्ज, शुक्लाफाँटा वन्यजन्तु आरक्ष र अपिनम्पा संरक्षण क्षेत्र जस्ता पर्यटकीय गन्तव्य पर्छन् । बढिमालिका, बुलबुले ताल यहाँका थप आर्कषण हुन् । प्रदेशहरुमा पर्यटकीय गन्तव्यहरु भएता पनि पर्यटकको आगमन भने केही क्षेत्रहरुमा मात्रै सीमित देखिन्छ । शैक्षिक हिसाबले प्रदेश ६ मा मध्यपश्चिम विश्वविद्यालय छ । पेट्रोल खानीका साथै चुनढुंगादेखि सुन खानीका हिसावले प्रदेश नम्बर ६ यसैपनि समृद्ध रहेको छ । संघीय संरचना निर्माण भएसंगै प्रदेश नम्बर ६ का जनताले पनि समृद्ध प्रदेशको अपेक्षा राख्नुलाई स्वाभाबिक मान्नु पर्दछ । दरिलो नीति बनाएर अगाडि बढ्न सके ६ नम्बर प्रदेशको दु्रत बिकास सम्भव भएको बिश्वास छ ।

प्रदेशसभाको पहिलो बैठकले समेत यहाँको पर्यटकन प्रबद्धनका साथै समग्र विकासक ालागी योजना तर्जुमा गर्नैपर्छ र यो आबश्इक पनि छ । जनताको धरै अपेक्षा भएका कारण प्रदेशसभा झिनामसिना कुरामा अल्झन हुँदैन् । जनताको बलिदान र लामो संघर्षबाट प्राप्त संघिय संरचनाको संसदलाई पुरानै ढांचामा गफ गर्ने अंखडा बनाईए जनताले नेताहरुलाई माफी दिने छैनन् । जसरी बाम एकताको पक्ष र समृद्धिको समर्थन सहितको अपेक्षाबाट प्रदेशसभा र प्रतिनिधि सभाको नतिजा आएको छ, त्यसमा कुठाराघात गर्ने अधिकार कसैलाई छैन भन्ने कुरा प्रदेशका सांसदहरुले पनि बुझनेछन् भन्ने अपेक्षा गर्न सकिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *