अस्थायी शिक्षकले बुझाएनन् आवश्यक कागजात, २५ गते सम्मको म्याद

भक्तपुर न्यूज

२१ माघ २०७४ ४:३३

अस्थायी शिक्षकले बुझाएनन् आवश्यक कागजात, २५ गते सम्मको म्याद

भक्तपुर, २१ माघ । परीक्षा रोजेका अस्थायी शिक्षक मध्ये २०१ जनाले आवश्यक कागजातै नबुझाएको फेला परेको छ । उनीहरु मध्ये अधिकाँशले तालिमका प्रमाण, स्थायी अनुमति पत्र लगायतका कागजात नबुझाएको फेला परेको हो । उनीहरुलाई माघ २५ गते भित्र छुट कागजात पेश गर्न आयोगले म्याद तोकेको छ । उक्त समय भित्र आवश्यक कागजात पेश नगरे दरखास्त नै अस्विकृत हुने आयोगले जनाउको छ ।

यस्तै ३५ जनाको विषय परिवर्तन भएको र ३२ जनाको विज्ञापनर्न परिवर्तन भएको छ । फारम भर्ने बेलामा हेलचेक्र्याईं गरेका कारण यस्तो त्रुटि फेला परेको हो । प्राप्त दरखास्त रुजु, छानीवन तथा स्विकृत गर्न गठित समुहको सिफारिसका आधारमा उनीहरुको गडबडी फेला परेको हो । विज्ञापन परीवर्तन हुनेहरु मध्ये अधिकाँशको दरखास्तमा नियुक्ति मिति फरक परेको, नियक्ति पत्रमा केरमेट भएको तथा जिल्लान्तर सरुवा भएका शिक्षकहरुको लगत फरक परेको छ । यस्तै विषय परिवर्तनमा अँग्रेजीको सामाजिक सामाजिकको अँग्रेजी जस्ता त्रुटि फेला परेको आयोगले जनाएको छ ।

शैक्षिक योग्यतामा पनि समस्या फेला परेको आयोगका अध्यक्ष ताना गौतमले बताए । मूल विषय एउटा हुने तर नियुक्ति दिदाँ मनलाग्दी विषयमा भएको पनि फेला परेको छ, उनले भने, यस्ता त्रुटिका बारेमा समयमै जानकारी दिन आवश्यक भएकोले हामीले उक्त सूची सार्वजनिक गरेका हौं । आयोगले तयार पारेको सूची आयोगको वेभसाईमा हेर्न सकिन्छ । शिक्षा ऐनको आठौं संशोधनले गरेको ब्यवस्था अनुसार शुरु अस्थायी शिक्षकको परीक्षा अन्तिममा आएर स्थगित भएको थियो ।

अस्थायी शिक्षकलाई खुसी पार्न शिक्षा मन्त्री गोपालमान श्रेष्ठले बलजफ्ति ऐनको नवौं संशोधन गराए पछि भएको चौतर्फी विरोधका कारण उक्त विज्ञापन अलपत्र परेको छ । यति हुँदा हुँदै पनि आयोगले अस्थायी शिक्षकहरुको विज्ञापन प्रयोजनका लागि आन्तरिक कार्य भने गरी रहेको जनाएको छ । सोही अनुसार भएको रुजु र छानविनका क्रममा उक्त त्रुटी फेला परेको हो ।

यस्तै विभिन्न अड्चनका कारण विजनेस नपाएर काम विहीन आयोगले शिक्षा विभागबाट यकिन तथ्याङ्क नपाउँदा आन्तरिक बढुवाको काम समेत गर्न सकेको छैन । यस्तो अवस्थामा आयोगले शिक्षक हुन चाहने स्नताकोत्तर गरेका विद्यार्थीलाई अस्थायी लाईसेन्स दिने परीक्षाको मिति तय गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *