एजेन्सी, १८ माघ । इग्लिस प्रिमियर लिग फुटबलको दोश्रो स्थानमा रहेको म्यान्चेष्टर युनाइटेड पराजित भएको छ । गएराती भएको खेलमा म्यान्चेष्टर युनाइटेड टोटनह्यामसँग २–० गोल अन्तरले पराजित भएको हो ।
टोटनह्यामका लागि एरिक्सनले खेलको ११ सेकेण्डमै गोल गर्दै अग्रता दिलाएका थिए । २८ औं मिनेटमा जोन्सले गोल गर्दै अग्रता दोब्बर पारे ।
जितसँगै पाँचौं स्थानमा रहेको टोटनह्यामको २५ खेलबाट ४८ अंक रहेको छ । त्यस्तै युनाइटेडको उति नै खेलबाट ५३ अंक रहेको छ ।
युनाइटेड टोटनह्यामसँग हार्यो
0
Share.
Comments