नेपाल भित्रको शुन्दर नेपाल

भक्तपुर न्यूज

२४ कार्तिक २०७४ १०:३०

नेपाल भित्रको शुन्दर नेपाल

यात्रा संस्मरण ।.ई कृष्णभक्त दुवाल । सुन्दर देश नेपाल भित्रको नेपाल नेपाली माझ पहिचान हुन नसक्दा यस्ता थुप्रै मनमोहक स्थलको स्वादबाट बञ्चीत हुन परेको छ हामी नेपालीहरु । नेपालीहरुका लागि घुमघामको पहिलो स्थान बिदेश बन्ने गरेका बेला हामी युवाहरुको पहिलो रोजाईको स्थान बन्यो आफ्नै देशको शुन्दर स्थान हिमाल पारीको जिल्लाका रुपमा ख्याती कमाएको उपल्लो मुस्तागको लोमाङ्थाङ्ग त्रामा । याात्राको सुरुवातसँगै पहिलो रोजाईमा पर्ने सवारी साधान जीप फोर ह्वली ड्राईभ हामिले चयन गर्ने निधो गर्यो र म, कृष्णराम देउपाला र इन्जिनियर प्रविण नगरकोटीको सहितो सानो भ्रमण टोली भक्तपुर देखि निकिल्यो यात्रामा ।
भक्तपुरबाट दिउँसोको समय पारेर पहिलो पटका यो यात्रामा निस्किएको हाम्रो टोली साँझ पख पोखराको शौन्दर्यतामा रम्दै त्यो रात त्यँही बिताउने निधोमा पुग्यो । पोखरमा बसेका हाम्रो टोलीको मन भने लोमाङ्थाङ्गमा थियो । सूर्यको पहिलो किरणसँगै हाम्रो टोलीले आफ्रनो गनतब्यको दिशा समात्यो । पोखराबाट अघि लागेको हाम्रो टोलीले नौडाँंडा उक्लिने क्रममा उत्तरतिर देखिने माछापुछे« र अन्नपूर्ण हिमालमा टल्क टल्किरहेको पहिलो किरण झूल्का सबैकालागि मनमोहक थियो । लुम्लेको चिसो हावा खाँंदै पर्वतको कुस्मा अनि म्याग्दीको बेनीसम्म एक सय किलोमिटरको यात्रा तय गर्न हामीलाई चार घण्टा जति लाग्यो । वेनीदेखि तातोपानी, घासा , लेटे, मार्फा हुँंदै जोमसोमसम्मको मात्र यात्रा पार गर्न ९७ किलोमिटरको कच्ची बाटो तय गर्न हामीलाई ६ घण्टा जति लाग्यो ।
जोमसोम–छुसाङ्गको बिचमा रहेको कागवेनी धार्मिक तिर्थ स्थल आसपास चल्ने हावा साँच्चै उन्मादको थियो । बिभिन्न समयमा हावाबाट बिद्युत उत्पादन गर्ने सोचलाई पूर्णता दिन सक्ने स्थानका रुपमा हामिलाई महशुश भयो । तर बायु उर्जाको अथाह सम्भाबना रहेको कागवेनी आसपासमा भर्खरै मात्र ताङ्वे भन्ने स्थानमा हावाको गति मापन गर्ने उपकरण जडान गर्दै गरेको देख्दा हामी नेपाली बिकास र अध्ययन अनुसन्धानमा ढिला भएको जस्तो महशुस भयो । जब कि विण्ड टर्बाइन (वायुबाट उर्जा निकाल्ने प्रविधि) डिजाइन सहित जडानका लागि न्यूनतम ८ देखि १० वर्षको हावाको गति र दिशाको तथ्यांक आवश्यक हुन्छ ।

त्यो रात हामी छुसाङ्गमै बास बस्यौं । ३० चालीस घर भएको छुसाङ्ग वस्तीमा रैथाने गुरुङ्गहरु भन्दा विदेशी पर्यटक र नेपालकै सिन्धुपाल्चोक, काभ्रे, नुवाकोटलगायतका जिल्लाहरुबाट आएका कामदारहरु चाप देखियो । युवाहरु आम्दानीका लागि बिदेश पलायन भईरहेका बेला यस क्षेत्रमा युवा कामदारहरु भौतिक पूर्वाधार निमार्णमा अग्रसर भई आम्दनीको माध्यम जुटाईरहेको देख्दा नेपाली भएर नेपालमै कर्म गरेकाहरु देख्दा हर्षोउल्सको सिमा नै रहेन । नेपालमै वसेर कर्म गर्दै आफ्नो जीवन सहजै निर्वाह गर्न सकिन्छ भन्ने उनीहरुको शन्देश बिदेश पलायन हुनेहरुका लागि प्रेणाको स्रोत बन्ने मनमा खट्कियो ।
उठ्न बित्तिकै छुसाङ्गको तातो चियाको चुस्कीसँग काठमाडौबाट सधै उतरमा देखिने हिमाल त्यहाँं दक्षिणतर्फ नियाल्ने मौका पाउँदै खुसिको सिमानै रहेन । भनेको सुनाईहरु यस स्थानमा पुगेपछि आफूले नियालेको उत्तर तर्फका हिमाल दक्षिणतर्फ आँखै अगि नियाल्ने मौका मेरो लागि मनमोहक थियो । छुसाङ्गबाट उपल्लो मुस्ताङ जाने दुई वटा बाटाहरु छन् । एउटा ठूला मालबाहक ट्रकहरु कालीगण्डकी खोलैखोला भएर हिँडने बाटो र अर्काे साना गाडीहरु उजाड पहाड छिचोल्दै । हामी सानो गाडी भएकाले पहाडको बाटो रोज्यौं । छुसाङ्गमा पूल विनाको कालीगण्डकी तर्न ठूलै साहसको आवश्यकता पर्ने त्यो बेला महशुस भयो जब हामिले कालिगण्डकी पार गर्यो ।
छुसाङ्गबाट लोमाङथाङ्गतर्फ अगाडि वढ्दा बाटोबिच भेटिने बस्तीले साँचै केही राहतको महशुस प्रदान गरिरहेका थिए । खोलाको किनारमै मानब बस्ती रहन्छन् भन्ने सुनेका भनाईहरुलाई हामिले देखेको यो दृश्यले कतै प्रमाणीत गरिरहेको छनै भन्ने छलफल समेत हाम्रो टोलीमा भइरहेको थियो । साँच्चै कहालि लाग्दो समर गाउँंको उकालो चढदाको दृश्य जोखिम पूण थियो । त्यसमा पनि सुगम सडकमा सवारी चलाईरहेको आफ्नो बानीका लागि झनै यो जोखिम पूर्ण थियो । पूर्ण रुपमा भौतिक पूर्वाधारको तयार नभई सञ्चालनमा आएको यो सडक यमपुरीको यात्रा जस्तै लागि रहेको थियो ।
कालीगण्डकी कोरिडोरलाई भारत र चीन जोडने छोटो मार्गको रुपमा लिइन्छ । यही कारण नेपाल सरकारले यो कोरिडोरलाई प्राथमिकताका साथ स्तरोन्नति गरिराखेको पायौं । सप्ठेरो ठाउँको हरेक आठ दस किलोमिटरको बीचमा एक्साभेटरहरुबाट बाटो खनिरहेको देखिनथ्यो भने अप्ठेरो भीडपाखामा भने केही काम भएको देखिएन । यसरी सप्ठेरो ठाउँंमा हवैजहज नै ल्यानडिङ्ग गर्न मिल्ने खालको बाटो बन्दै गरेको भए पनि अफ्ठेरो भिड पाखामा केहि काम नभएको देख्दा नेपाली योजनाबिदरुले राजधानीमा बसेर बनाउने गरेका योजनाहरु पनि खोक्रो हुँदो रहेछ भन्ने कुरा प्रस्ट अनुभब गरे । यात्राका क्रममा लावालस्कर सहित देखिने भेडाको हुललाई पछ्याउँंदै सवारीसाधानमा लोकगीत सुन्दै यात्रा गर्नुको मज्जै बेग्लै हुँंदोरहेछ । झल्याँस यो यात्राम कानम गुञ्जन थाल्यो भेडाको उन जस्तो गित ।
विहान सात वजे छुसाङ्गबाट अन्दाजी ५० किलोमिटरको लामो यात्रा पश्चात दिउँंसो १२ बजे चराङ्ग भन्ने स्थानमा पुग्यौं । सोही स्थानमा बिहानको खाना सकि लोमाङथाङ्ग हुँंदै नेपाल चीनको सिमाना कोरला नाका पुग्यौं । कोरला नाकामा नेपाल र चीनवीचको सिमाना छुट्याउन काँंडेतारको प्रयोग गरिएको छ । समुद्री सतहबाट ४३ सय मिटर उच्च स्थानमा देखिएको आँखाले नभ्याउने समथर भूभाग देख्दा सबै अच्चमित भयौं । विसं २०२६ सताइस सालताका खम्पा विद्रोह यही समथर भूमिमा भएको यस क्षेत्रका जानकारहरुले बताए ।

सिमा क्षेत्रमा नेपालपट्टिको अवस्था र चीनपट्टिको अवस्था देख्दै साँच्चै नेपाली भएर यस क्षेत्र घुम्दा उदेक लाग्यो । सरकारको कम्जोर उपस्थिति देशकै लागि लाचारको बिषय बनेको महशुस गर्यौ हामिहरुले । अझ आश्चर्यको बिषय के देख्न पाईयो भने नेपाल सरकारको भन्सार कार्यालय कोरोला नाका भन्दा अन्दाजी ४ पाँंच किमि वारि छुसेर भन्ने स्थानमा रहेको छ यसले पनि नेपाल सरकारको कम्जोरीलाई प्रष्टाउन थप भूमिका खेलेको जस्तो लाग्यो ।
कोरलाबाट लोमाङथाङ्ग फर्किने क्रममा छोसेर भन्ने गाउँंको पहाडमा कोपिएर बनाएका घरहरु देख्दा मनमा निकै उत्कसुकता जाग्यो । पहाड खोपेर बनाईएको चार तलको २६ कोठाको भवन नियाल्ने मौका मिल्दा साँच्चै गरे के पो नहुने रहेछ जस्तो लाग्यो । मानव सम्भताको विकास क्रममा हजारौं वर्ष पहिला तिनीहरुले प्रयोग गरेका भाडाकुँंडालगायतका ऐतिहासिक सम्पदाहरु अलपत्र थिए । मानव सभ्यता विकासको अध्ययन अनुसन्धानको लागि यी गुफारुपी घरहरु र त्यहाँं रहेका सम्पदाहरु इतिहासविदहरुका लागि ज्यादै महत्वपूर्ण खुराक हुन सक्छन् । तर यस्ता अथाह एवं अमूल्य ऐतिहासिक सम्पदाहरुको पनि उचित संरक्षण र अध्ययन अनुसन्धान नहुनु नेपाल र नेपालीकै लागि दुर्भाग्यको बिषय हो । यस क्षेत्र आसपासका मान्छेहरुको भनाई अनुसार यस स्थानको अध्यन अनुसन्धानका लागि सर्यौ बिदेशीहरु आउने गरेता पनि नेपाल सरकारले आफ्नो सम्पत्तिको कुनै चासो दिन नसकेको देखियो । छोसेरमै रहेको हजार वर्ष पुरानो भनिएको गुम्बाको संरक्षण भएको देख्दा लाग्यो कि केही ऐतिहासिक सम्पदालाई जोगाउन हो भने त्यसलाई धर्मसँंग जोडएर लानुपर्ने रहेछ ।
लोमाङथाङ्गमा नम्बर प्लेट बिनाको चाइनिज बाईकहरु र चाइनिज नम्बर प्लेट भएको चाइनिजहरु चढेको गाडी गुडेको देख्दा कतै तिब्बतको कुनै गाउँ त झुकिएर पुगेको हैन जस्तो हामीलाई महशुश भयो । हामीले लोमाङथाङ्ग मुस्ताङे राजाको दरवारको पनि अवलोकन गरयौं । त्यो दिन हामी कोरलाबाट फर्केर चराङ्ग भन्ने स्थानमा बास बस्यौं । चराङ्गको गुम्बा घुम्दा एउटा अनौठो भनाई सुनियो । गुम्वाको भित्ता रङ्गिन चित्रहरुले सजियको थियो । यी चित्र कुँद्ने चित्रकारले अन्य स्थानमा यस्तै खालका चित्रहरु नकुँदुन् भनेर उनीहरुको हात शासकहरुले काटिदिएको भन्ने भनाइहरु समेत रहेछ ।
भोलिपल्ट हामी विहानै जोमसोम फर्कियौैं । सो क्रममा चियापसलहरुमा देखिएका विदेशबाट आयातित ग्यासका सिलिण्डहरुको प्रयोग हेर्दा आर्थिक समृद्धिको झझल्को देखियो । नवीकरणीय उर्जा गुइठा र दाउराको अथाह सम्भाबना भए पनि त्यसको प्रयोग नभएको देख्दा दुःख लाग्यो । मुस्तांङबासीले आफ्नो होटेलको प्रयोजनको लागी सिजनमा एकै चोटी ४० पचास वटÞा ग्याँस सिलिण्ंडर खरिद गर्दा रहेछन् रोचक प्रशंग नाकाबन्दीताका त्यहाँंका बासिन्दाले काठमाडौँ पढ्ने आफना छोराछोरीलाइ मुस्ताङंगबाट काठमाडौँमा एलपीजी ग्यास पठाएको अनुभब एक ब्यवसायीले हामिलाई सुनाय ।
जोमसोमबाट झण्डै ३० पैँतीस किलोमिटर माथि छुसाङ्गको स्याउबारीमा झुप्पाझुप्पा लटरम्म फलेका स्याउ देख्न पाउनु हाम्रा लागि साँच्चै खुशिको क्षण थियो । यस क्षेत्रमा फल्ने स्याउ निकै नै मीठो र रसिलो भएको हामिले स्याउ चाखेपछि स्वाद पायौं । यस क्षेत्रमा बन्ने स्याउको मार्फा पनि कम स्वादीले हुने रहेन छ भन्ने हालिमे स्वाद लिए पछि मात्र जानकारी पायौं । तत् पश्चात हामी लगभग दिउँंसो दुई बजेतिर जोमसोम पुग्यौं । जोमसोम मुस्ताङ जिल्लाकै सदरमुकाम हो । हामीले यस क्षेत्रका विभिन्न सरकारी कार्यालयहरुको अवलोकन समेत गयौं । यो क्रममा जोमसोमको सरकारी कार्यालय परिसरभित्रै मुखियाको कार्यालय लेखेको साइनबोर्ड पनि देख्दा मुस्तांङमा अझै प्रजातन्त्र नआएको हो कि भन्ने आभास भयो । त्यो दिन हामी जोमसोममै वास वस्यौं ।
बसाईका क्रममा केही स्थानीय राजनीतिक व्यक्तित्वहरुसँंग समते भलाकसारी गर्ने अवसर प्राप्त भयो । उनीहरु भन्दै थिए निर्वाचनका समयमा भोटको खरिद बिक्रि यस क्षेत्रका लागि कुनै नौलो बिषय हुँदैन । स्थानिय तहको निर्वाचनमा उमेद्वारहरुले गरेको खर्चलाई नियाल्दा प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा कम खर्च होलाकी भन्दै थिए एक राजनीतिक कर्मी ।
मुस्ताङमा चरण क्षेत्र वढी भएकाले भेडा पालनको प्रचुर सम्भावना रहेको स्थानमा पर्दछ । सुने, घासा नाकाबाट आर्थिक वर्ष २०७२।२०७३ मा १८ हजार भेडा तल बेनी बेच्नको लागि ल्याइएको सरोकारवालाहरुले जानकारी दिए । यस क्षेत्रमा बार्षिक २ लाख भन्दा बढि भेडा चरिचरनका लागि स्थान रहेको पशु बिज्ञहरु जानकारी दिन्छन् ।
नेपालमा राजतन्त्रको अनत्य भएता पनि यस क्षेत्रमा अझै राजालाई मान्ने हरुको कमी भने देखिएन । भ्रमणको क्रममा मुस्ताङे राजाको प्रभाव छुसाङ्ग भन्दा माथिका गुरुङ्ग गाउँं घुम्दा हामिले नियाल्ने मौका पायौं । मुस्ताङ जिल्लाका उपल्लो भेग छुसाङ्ग भन्दा माथि गुरुङ्ग जातिको बाहुल्यता रहेको देखियो भने तल्लो भेगमा लेटेदेखि कागवेनीसम्म थकाली जातिको बाहुल्यता रहेको पाईयो ।
भ्रमणको क्रममा मार्फामा राजा महेन्द्रले २०२३ सालमै शितोष्णा वागवानी बिकाश केन्द्र स्थापना गरी विभिन्न प्रजातिका फलफूल तरकारीहरु उत्पादन गर्ने नमूना बागवानी नै स्थापना गरिएको रहेछ । यो देख्दा देशको सम्मुनत विकासका लागि राजा महेन्द्रको दुरदर्शिता कति थियो भने कुरा महशुश भयो, कृर्षि प्रदान देशको बिकासका लागि त्यो बेलाको दुरदर्शी सोचलाई हृदय देखि नै नमन गर्न मन लाग्यो ।
जोमसोमबाट पोखरातिर फर्किँदा बिभिन्न स्थान ओखर उत्पादनका लागि उपयुक्त रहेको जानकारी पाएसँगै हामीले मार्फामै केही ओखरहरु किन्यौं । ओखर किलोको एक हजार पाँंचमा बिक्रि गरिँदो रहेछ । यस क्षेत्रका किसानहरुले ओखर बेचेरै बार्षिक लाखौं आम्दानी गर्दा रहेछन् भन्ने समेत जानकारी पायौं ।
ओखर किन्ने क्रममा हामीले स्थानियहरुको घरहरुमा चाइनिज सुधारिएको चूलोको प्रयोग भएका दृश्य देख्यौं । बैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रबाट अनुदानमा वितरित सुधारिएको चूलो किन प्रयोग नगरिएको भनेर जिज्ञासा राख्दा बैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रबाट वितरित चूलो कालीगण्डकीको तिरमा फालेको देख्दा मनै खिन्न भयो ।
यात्राका रमाईला अनी भोगेका नौला अनुभूतिहरुलाई सजीव तस्बीर सरी यो मानषपटलरुपी ग्यालरीमा सजाउँदै हामीले भक्तपुर सम्मको यात्रा सक्यौं र आफ्नो कर्मको यात्रालाई फेरी निरन्तरा दिन थाल्यौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *