दोषी पक्रन भक्तपुर प्रहरी उदासिन, घुमुवा असुलीमै व्यस्त

भक्तपुर न्यूज

२४ कार्तिक २०७४ ४:१७

दोषी पक्रन भक्तपुर प्रहरी उदासिन, घुमुवा असुलीमै व्यस्त

भक्तपुर  । आपराधिक घटनामा संलग्न रहेका व्यक्तिहरुको हुलिया र ठेगाना थाहा पाएरै पनि भक्तपुर प्रहरीले यस्ता व्यक्तिलाई कानुनी दायरामा ल्याउन सकेको छैन् । भक्तपुरमा केही दिनयता ३÷४ वटा आपराधिक घटना भैसकेका छन् । प्रहरीले ती अपराधमा संलग्नको खोजी  गर्न चासो देखाएको छैन् ।

विगतमा विभिन्न आपराधिक घटनामा संलग्न भएका केही व्यक्तिहरु समेत भक्तपुरमा खुलेआम हिडिरहेको स्थानीय पीडितहरु बताउँछन् । तर यस्ता आपराधिक घटनामा संलग्न भएका व्यक्तिहरु प्रहरीकै संरक्षणमा रहेको आरोप पनिभक्तपुर प्रहरीलाई लाग्दै आएको । भक्तपुरमा विभिन्न घटनामा मुच्छिएका व्यक्तिहरुसँग घुमुवा प्रहरीको राम्रै हिमचिम भैरहेको बताईएको छ । मोटो रकम असुलीदेखि खानपानमा समेत ती आपराधिक कार्यमा संलग्न व्यक्तिले भक्तपुर प्रहरीलाई सहयोग गर्दै आएपछि यस्ता व्यक्तिलाई कानुनी दायरामा ल्याउने काममा प्रहरी उदासिनै रहेको स्रोतले बताएको छ ।

यसैबीच भक्तपुरका वालुवा व्यवसायीदेखि आपराधिक गतिविधिमा संलग्नहरुबाट मोटो रकम असुल्न बानी परेको घुमुवा प्रहरी त्यस्ता व्यक्तिलाई देखेपनि नदेखेको झै गरी तर्किने र पछि फोन गरी खर्च माग्ने गर्दै आएको प्रहरी निकट एक स्रोतले नाम उल्लेख नगर्ने सर्तमा बताएको छ । यसरी असुली गरेको रकम घुमुवाले मात्रै नभई भक्तपुरका प्हरी प्रमुखको हातमा समेत पर्ने भएकोले घुमुवालाई भक्तपुर प्रहरी प्रमुखले नै यस्ता असुलीका काममा प्रोत्साहन गरिरहेको स्रोतले जानकारी दिएको छ ।

नातावाद र कृपावादमै मोटो रकम असुली गर्ने भक्तपुर प्रहरीका केही स्थानीय घुमुवा र प्रहरी प्रमुखमाथि नै अकुत सम्पति आर्जनका बिषयमा अख्तियारले छानबीन तथा अनुसन्धान गर्नुपर्ने स्थानीयको माग रहेको छ । भक्तपुर प्रहरी परिसरका डिएसपी कृष्ण प्रसाईं यस्ता आपराधिक घटनाको अनुसन्धान भैरहेको र दोषी पक्राउका लागी प्रहरी लागिरहेको बताउँदै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *