गुल्मीमा माइक्रो दुर्घटना, ७ को मृत्यु
गुल्मी, १३ कात्तिक । गुल्मीको गुल्मीदरबार गाउँपालिका–४ मा माइक्रो बस दुर्घटना भएको छ । बुटवलबाट तम्घासका लागि छुटेको बा ४ ख ५५०१ नं. को माइक्रोबस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।यस्तै दुर्घटनामा ६ जना घाइते भएका छन् ।
आज बिहान तम्घासका लागि छुटेको बा ४ ख ५५०१ नम्बरको माईक्रो बस बुटवलबाट १३ जना यात्रु लिएर गाडी तम्घासका लागि छुटेको थियो । स्थानीयका अनुसार माइक्रोबस भिरबाट करिब ३०० मिटर तल खसेको छ ।
दुर्घटनामा मृत्यु हुने र घाइतेहरुको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीले उद्धार कार्य जारी राखेको गुल्मीका प्रमुख जिल्ला अधिकारी गोपाल आर्यालले बताए । घाइतेहरुको अबस्था हेरिकन प्रहरीलाई पाल्पा पठाउन भनिएको प्रजिअ अर्यालले जानकारी दिएका छन् । दुर्घटनाको कारण खुल्न सकेको छैन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
