एजेन्सी, ३० असोज । अस्ट्रियाको कन्जरभेटिभ पिपुल्स पार्टीका अध्यक्ष जेबास्टियन कुर्ट्स विश्वकै कान्छा राष्ट्रप्रमुख हुने सम्भावना बढेको छ । ३१ वर्षीय कुर्ट्स अध्यक्ष रहेको कन्जरभेटिभ पिपुल्स पार्टीले हिजो भएको आम चुनावमा बहुमत नल्याए पनि नयाँ गठबन्धनको सरकार बनाउन सक्ने हैसियत पाउने अवस्था रहेको विविसीले जनाएको छ ।
उनले नेतृत्व गरेको अष्ट्रियाको कन्जरभेटिभ पिपुल्स पार्टीले देशको आम चुनाव जित्ने मत सर्वेक्षणले देखाएको खबरमा उल्लेख छ । मत सर्वेक्षणले उनको पार्टीले ३१ प्रतिशत भन्दा बढी मत ल्याउने देखाएको छ ।
पूर्व विदेशमन्त्री समेत रहेका कुट्र्सले कमजोर भइसकेको कन्जरभेटिभ पिपल्स पार्टीको नेतृत्व गएको मे महिनामा सम्हालेका थिए । त्यसपछि कन्जरभेटिभ पिपल्स पार्टीले पुनर्जीवन पाएको विविसीले उल्लेख गरेको छ ।
कुर्ट्सले आप्रवासनप्रति कडा नीति लिने बताएका थिए । तर चुनावमा आप्रसन नीति विरोधी फ्रिडम पार्टी तेस्रो भएको छ । कुर्ट्सले तेस्रो पार्टीसँग गठबन्धन गर्लान कि नगर्लान त्यो भने हेर्न बाँकी नै छ ।
दोस्रो स्थानमा सोसियल डेमोक्र्याट्स वा चरम दक्षिणपन्थी फ्रिडम पार्टी मध्ये एक पार्टी आउने छन् ।
कुर्ट्स विश्वकै कान्छो राष्ट्रप्रमुख बन्ने
0
Share.
Comments