बालुवा चोरीमा प्रयोग गरिएको गाडीसहित ३ प्रहरी नियन्त्रणमा
काठमाडौं, २३ असोज । बालुवा चोरीमा संलग्न तीन व्यक्ति र एक गाडीलाई भक्तपुर प्रहरीले सोमबार बिहान नियन्त्रणमा लिएको छ । अतिरिक्त प्रहरी पोस्ट चाँगुबाट खटिएको प्रहरी टोलीले दुवाकोटस्थित मनोहर खोलाबाट बालुवालोड गरिराखेको एक निशान गाडी र तीनजनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले बालुवा ओसारपसारका लागि आवश्यक पर्ने बिल भौचरजस्ता कागजातहरु साथमा नरहेकाले गाडीसहित ३ जनालाई पक्राउ गरिएको जनाएको छ । पक्राउ परेका ३ जना को–को हुन् भन्नेबारे भने प्रहरीले केही बताएको छैन ।
महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईले बालुवा चोरीमा प्रयोग गरिएको बा २ ख ६०५७ को निशान गाडीसहित ३ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए । प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५