अल नासरले अल रैदलाई हरायो

भक्तपुर न्यूज

१८ माघ २०८१ ११:२५

अल नासरले अल रैदलाई हरायो

काठमाडौं । साउदी प्रो लिगमा अल नासरले अल रैदलाई हराएको छ ।

किंग अब्दुल्लाह स्पोर्टस सिटी रंगशालामा हिजो भएको खेलमा नासरले रैदलाई २–१ ले हराएको हो ।

खेलको ३५ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै अल नासरलाई अग्रता दिलाएका थिए । त्यस्तै, ४७ औं मिनेटमा नवाफ बौउशलले गोल गर्दै नासरको अग्रता दोब्बर बनाए । तर, ७६ औं मिनेटमा अमिर सायुदले गोल गर्दै अल रैदलाई २–१ को स्थितिमा ल्याए । बाँकी समयमा दुवै टिमबाट गोल हुन नसकेपछि नासरले रैदलाई २–१ ले हरायो ।

जितसँगै अल नासर १८ खेलबाट ३८ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ । अल रैद समान खेलबाट १४ अंकका साथ १५ औं स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *