उपत्यकामा प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना

भक्तपुर न्यूज

४ असोज २०७४ ८:५२

उपत्यकामा प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना

भक्तपुर । दशै नजिकिदैं गर्दा उपत्यकामा जिल्लामा प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना अघि बढेको छ । घरसम्पति र परिवारको मुख नै काटेर जुवातास खेल्नेलाई समेत कानुनी कारवाही गर्ने प्रहरीले बताएको छ । महानगरीय प्रहरी परिसर उपत्यकामा चाडपर्वमा हुने अपराध नियन्त्रण गर्न विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरले पत्रकार सम्मेलन गरी दशैँ, तिहार र छठका लागि विषेश सुरक्षा प्रबन्ध मिलाएको परिसर प्रमुख एसएसपी गणेशबहादुर ऐरले जानकारी दिए । यस्तै भक्तपुर प्रहरीले जनतालाई चाडपर्वमा सुरक्षा दिन कुनै कसुर बाँकी नराख्ने बताएको छ । यो समयमा २४ सै घण्टा प्रहरी तैथान हुने प्रहरीले जनाएको छ ।

चाडपर्वलाई लक्षित गर्दै ललितपुरमा करिब ११ सय वर्दीमा र सादा पोशाकमा प्रहरी खटाइने एसएसपी ऐर बताएका छन् ।  दशैंमा सुरक्षाका लागि प्रहरीको सेन्ट्रल रेस्पोन्स भ्यान (सिआरभी), क्वीक रेस्पोन्स टिम (क्युआरटी) र साइकलमा प्रहरी परिचालन, पिकेट ड्यूटी गर्ने तयारी रहेको छ ।

त्यस्तै, उपत्यकाका तीनवटै जिल्लामा मोटरसाइकल, मोटर र साइकल गस्ती पनि गरिने छ । विभिन्न स्थानमा सुरक्षा पोस्ट खडा गरी सुरक्षा व्यवस्था मिलाएको काठमाडौ प्रहरीले बताएको छ । दशैंको समयमा चिठ्ठा कार्यक्रम गरेर ठगी गर्नेलाई पनि कारबाही गरिने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *