फेरी सत्याग्रह गर्दै गोविन्द केसी

भक्तपुर न्यूज

४ असोज २०७४ ४:२१

फेरी सत्याग्रह गर्दै गोविन्द केसी

काठमाडौं, ४ असोज । आफ्नो माग सरकारले पुरा नगरेको भन्दै प्रा. डा. गोविन्द केसीले असोज २० बाट पुनः आमरण अनसन बस्ने घोषणा गरेका छन् । अहिले उनले चारबुँदे माग राख्दै अनसन घोषणा गरेका हुन् । उनले आफूहरुको सुझावअनुसार चिकित्सा शिक्षा विधेयक तत्काल पास गर्नु पर्ने माग गरेका छन् ।

एमबीबीएस अध्ययनका लागि काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क खारेज गरी उपत्यकाभित्र ३८ लाख ५० हजार र बाहिर ४२ लाख ४५ हजार कायम गर्नु पर्ने र केयूका डीन राजेन्द्र कोजुलाई बर्खास्त गर्न माग गरेका छन् । बर्खास्त गरिएका आयल निगमका तत्कालीन प्रमुख गोपाल खड्कामाथि छानविन गर्नु पर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययन अध्यापन सुरु गर्ने गरी बजेटको व्यवस्था मिलाउन र डोटी(डडेल्धुरा, धनुषा महोत्तरी, उदयपुर, पाँचथर तेह्रथुममा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउनु पर्ने उनको माग छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय