बिद्युत सर्ट भएर नेपालगञ्जको सुर्खेतरोडमा आगलागी
नेपालगञ्ज , २५ भदौ । बिद्युत सर्ट भएर नेपालगञ्जको सुर्खेतरोडस्थित बजारमा आगलागी भएको छ । अपराहृन चार बजे मोटरसाइकल वर्कसपमा काम भइरहेका बेला बिद्युत सर्ट भएर लागेको आगोले वरिपरिका पाँच पसल जलेर नष्ट भएको छ । आगलागी अझै नियन्त्रणमा आएको छैन ।
आगलागी नेपालजगञ्ज नगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीय जनताले निभाउने प्रयास गरिरहेका छन् । आगलागीमा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
