काठमाडौं उपत्यका छाड्नेको सङ्ख्या दिनहुँ बढ्दै, आइतबारसम्म तीन लाख ६३ हजार बाहिरिए
काठमाडौं । आफ्नो थातथलोमा बडादसैँ मनाउन जान काठमाडौं उपत्यका छाड्नेको सङ्ख्या दिनहुँ बढ्दै छ । जसका कारण लामो दूरीका सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल परेको छ ।
दसैँ मनाउन यही असोज १४ गतेदेखि २० गते आइतबारसम्म तीन लाख ६३ हजार एक सय ६४ जनाले काठमाडौं उपत्यका छाडेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले जानकारी दिए । उनका अनुसार शनिबार साँझ ६ बजेदेखि आइतबार बिहानसम्म मात्रै १६ हजार चार सय ६५ जना काठमाडौंबाट बाहिरिएका छन् ।
दसैँका लागि काठमाडौं उपत्यका छाड्नेका कारण अहिले यहाँका नाका तथा राजमार्गहरूमा गाडीको जाम लाग्ने गरेको छ । कतिपय ठाउँहरूमा सडक भत्किने तथा भासिने गरेका कारण सवारीसाधन चलाउन तथा यात्रुहरूलाई निकै सास्ती हुने गरेको गाडी चालक बताउँछन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
