राष्ट्र बैंकसँग करिब १ अर्ब ६० करोडको सुन मौज्दात

भक्तपुर न्यूज

२३ भदौ २०७४ २:०६

राष्ट्र बैंकसँग करिब १ अर्ब ६० करोडको सुन मौज्दात

भक्तपुर, २३ भदौ । अहिले नेपाल राष्ट्र बैंकसँग एक अर्ब ५९ करोड ५६ लाख रुपैयाँ बराबरको सुन मौज्दात छ । अवैध रुपमा भित्र्याएको सुन राज्यले के गर्छ ? धेरै नागरिकदेखि विज्ञहरुको मनमा प्रश्न उठेको हुने गरेको पाईन्छ । प्रहरीले अनुसन्धान सकेपछि सुन राजश्व अनुसन्धान विभागलाई बुझाउँनुपर्ने प्रावधान रहेको छ ।

राज्यले अवैध तरिकाले भित्रिएको सुन नेपाल राष्ट्र बैंकलाई बिक्री गर्ने गरेको प्हरीको भनाई छ । प्रहरीले सुन समातिसकेपछि पक्राउ परेका अभियुक्तलाई राजश्व अनुसन्धान विभाग बुझाउने गर्दै आएको छ ।  राजश्व विभागले सुन राष्ट्र बैंकलाई जिम्मा लगाउँछ र अभियुक्तलाई मुद्दा चलाउँछ । विभागले राष्ट्र बैंकलाई सुन बुझाउँदा त्यो दिनको अन्तर्राष्ट्रिय मूल्य अनुसार सुनको मूल्याङ्कन गरिने प्रचलन रहेको राष्ट्र बैंकले जनाएको छ । बैंकका  अनुसार मूल्याङ्कन भएको सुनको मूल्य राष्ट्र बैंकले सरकारको राजश्व खातामा रकम भुक्तानी गर्छ र सुन आफ्नो गोदाममा थुपारिन्छ ।

सुनको शुद्धता राष्ट्र बैंकको टक्सार विभागमा गरिन्छ । राष्ट्र बैंकमा रहेको सुनलाई आवश्यक पर्दा फेरि राज्यले चलाउँन सक्ने नियम छ । कहिलेकाहीं आन्तरिक बजारको माग धान्न पनि यो सुन बिक्री गरिदै आईएको राष्ट्र बैंकले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *