उपत्यकामा आज इन्द्र्जात्रा मनाईदै

भक्तपुर न्यूज

२० भदौ २०७४ २:३४

उपत्यकामा आज इन्द्र्जात्रा मनाईदै

भक्तपुर । आज भक्तपुर सहित उपत्यकामा इन्द्रजात्रा मनाईदैछ ।यसका लागी आबश्यक तयारी दुईदिन अघि नै पुरा भैसकेको थियो । आज मनाईन्े जात्राका लागी आइतबारदेखि भक्तपुरमा इन्द्रजात्राको रौनक शुरु भैसकेको थियो । यहाँका चोक चोकमा आइतबार बिहानै यम्बोःद्यो ठड्याएसँगै धार्मिक तथा सांस्कृतिक महत्व बोकेको परम्परागत इन्द्रजात्रा सुरू भैसकेको र आज इन्द्र्रजात्राको खास दिन भएको बिशेष जात्रा आज मनाईने संस्कृतविद् ओम धौभडेलले बताए ।

भक्तपुरमा चोक चोक र दोबाटोमा छोटो छोटो लिंगो ठड्याउने प्रचलन छ । ती लिंगोलाई स्थानीय भाषामा यम्बोःद्यो भनिन्छ । काठमाडौंको हनुमानढोकामा ३६ हात लामो लिंगो ठड्याएर इन्द्रजात्राको थालनी गरिदै आईएको छ । यम्बोःद्योलाई स्वर्गका राजा इन्द्रका छोरा जयन्तको प्रतीकका रूपमा लिदैं आएको धौभडेलले बताए ।

धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार इन्द्रकी आमा वसुन्धरालाई भाद्रशुक्ल चौथीका दिन व्रत बसी पूजा गर्न पारिजात फूलको आवश्यकता भएकाले छोरा जयन्तलाई उक्त फूल खोज्न पठाएका थिए । खोज्दै जाँदा दैत्यको बगैँचामा परिजात फूल टिप्दै गरेको बेला राक्षसहरूले जयन्तलाई पक्राउ गरी दुई हात पछाडि बाँधेर राखेका थिए ।

जयन्तलाई छुटाउन देवता र दैत्यबीच युद्ध भई देवताको जीत भएको खुशियालीमा इन्द्रजात्रा मनाइँदै आएको अर्का संस्कृतिकर्मी पुरुषोत्तम लोचन श्रेष्ठले जानकारी दिए । धार्मिक पूजाआजासहित आइतबार इताछें, तेखापुखु, वंशगोपाल, नासमना, बुलुचा, साकोठा, भोलाछें, सुजम्हरी, खौमा, इताछेंलगायत स्थानमा यम्बोःद्यो ठड्याइएको थियो । जात्रा आठ दिनसम्म मनाइन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *