भक्तपुरमा बस दुर्घटना २० यात्रु घाइते
भक्तपुर । काभ्रेको पनौतीबाट काठमाडौं आइरहेको बस भक्तपुरमा दुर्घटना भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ९ अरनिको राजमार्ग जोरपाटी सडक खण्डमा बिहान करिब ८ बजे बा।२ ख ९५८० नम्बरको बस दुर्घटना भएको हो ।
घटनामा बसमा रहेका २० जना यात्रु घाइते भएका छन् ।
स्थानीय बासिन्दा र नेपाल प्रहरीले घाइतेको उद्धार गरी भक्तपुरको मध्यपुर अस्पतालमा पठाईएको महानगरिय प्रहरी वृत जगातीका डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । घाइतेको अवस्था सामान्य रहेको समेत प्रहरी जानकारी दिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ वैशाख २०८२ १६:३४
सिडिओको नेतृत्वमा १२ कक्षाको परीक्षा सञ्चालन गरिँदै
९ वैशाख २०८२ १७:१०
मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री
९ वैशाख २०८२ १७:१७
पूर्वक्रिकेटर माइकल स्लेटरलाई जेल सजाय
९ वैशाख २०८२ १६:३३
सरकार र शिक्षकबिच झन–झनै दूरी बढ्दै
९ वैशाख २०८२ १५:३६