सूर्यविनायकको गणेश मन्दिरमा ज्ञान महायज्ञ जारी
भक्तपुर १४ भदौ । सूर्यविनायमा रहेको गणेश मन्दिरमा गएको १२ गतेदेखि शुरु भएको १०८ सप्ताह तथा १८औं ज्ञान महायज्ञ बुधबार पनि चलिरहेको छ । दिवंगत पितृमोक्ष तथा आ आफ्ना कुलको उद्दार र राष्ट्रशान्तिको कामना गर्दै ऐतिहासिक १०८ सप्ताहको १८ औ ज्ञान महायज्ञ १०८ भागवत् सत्संकल्पक व्यासपिठासिन वाचक पं श्री शिवप्रसाद सापकोटा तथा कथा उप वाचक पं श्री मणिराम पराजुलीको मुखारविन्दबाट अमृतमय कथा वचन चलिरहेको आयोजकले जानकारी दिएका छन् ।
पं. श्री सापकोटाका अनुसार उनीहरुले १८ औ ज्ञान महायज्ञ सुर्यविनायक गणेश मन्दिरमा गर्ने संकल्प भएकोले यो १८ ओै ज्ञान महायज्ञ यहा गरेको बताए । प्रत्येक दिन बिहान ७ बजे देखि बेलुका ७ बजेसम्म बिभिन्न कार्यक्रमहरु हुँदै आएको छ । यहि २० गते समापन गर्ने भएकोले भक्तिमय धार्मिक श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा उत्साहपूर्ण सहभागी भई पूण्य प्राप्तीको लागि सम्पूर्ण भक्तजनहरुमा सहभागी हुन अनुरोध गरिएको छ ।