‘छक्का पञ्जा–२’ को दोस्रो गीत पनि विवादमा तानियो

भक्तपुर न्यूज

१३ भदौ २०७४ १०:३३

‘छक्का पञ्जा–२’ को दोस्रो गीत पनि विवादमा तानियो

काठमाडौ, १३ भदौ । नेपाली चलचित्र छक्का पञ्जा २ पहिलो विवादमा तानिएसँगै पुनः अर्काे गीत पनि विवादमा तानिएको छ । ‘नाइलनको साडीमा’ भन्ने गीत चोरीको भन्दै विवादमा तानिएको छक्का पञ्जा २ ले हिजो मात्रै सार्वजनिक गरेको अर्को गीत पनि विवादमा तानिएको हो ।
चलचित्रको पहिलो गीत नाइलनको साडीमा बोलको गीत सार्वजनिक भए लगत्तै बिवादमा मुछिएको थियो । चोरीको आरोप लागेको यो गीतका कारण निर्माता दिपकले माफी समेत मागेका थिए । पहिलो बिवाद सेलाउन नपाउदै फेरी यसै चलचित्रको अर्को गीत ‘तिमि यता किनारमा’ बिवादमा तानिएको छ । सार्वजनिक भएको गीतमा हरिवंश आचार्य र आस्था राउतले आवाज दिएका छन् भने किरण कँडेलको संगीत रहेको छ ।
पुरानो फिल्म देवर बाबुको गीत ‘बास्ना मिठो कस्तुरीको’ गीतको संगीत चोरी भएको बताइएको छ । केशव भट्टराई निर्मित चलचित्र ‘देवर बाबु’मा रहेको गीतमा सुरेश अधिकारीको संगीत र राजेश पायल राई र साधना सरगमको स्वर रहेको छ । अहिले गीतका कारण सामाजिक सञ्जालदेखि फिल्मीनगरीमा यसका संगीतका विषयलाई लिएर चर्चा चुलिएको छ ।
छक्का पन्जा २ को गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ भने पुरुषोत्तम प्रधानको छायाँकन रहेको छ । गीतमा दीपक राज गिरी, प्रियंका कार्की, विल्सन विक्रम राई, बुद्धि तामाङले अभिनय गरेका छन् । गीतको कोरिगोग्राफी पनि केही हदसम्म मिल्दो जुल्दो देखिएको छ । दीपा श्रीनिरौलाको निर्देशनमा रहेको चलचित्र छक्का पन्जा–२ आउँदो असोज ११ गते प्रदर्शनमा आउने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *