भक्तपुरको वाल्मिकेश्वर घाटमा पानी ट्याङ्की
भक्तपुर । हिन्दु संस्कार अनुसार दाह संस्कार गरि सकेपछि नुहाउनु पर्ने संस्कार रहेको छ । तर वागिश्वरी स्थित वाल्मिकेश्वर घाटमा भने पानीको समस्यका कारण दाह संस्कारमा नै कठिनाई हुँदै आएको छ । वाल्मिकेश्वर घाटमा पानीको समस्या समाधान गर्नका लागि समाजवाद अध्ययन केन्द्रिले उक्त स्थानमा पानी ट्याङ्की घारा पानीको लागि मुल ब्यवस्थापन गर्न सहयोग गरेको छ ।
लगभग एक हजार घर धुरी भन्दा बढीले घाट प्रयोग गर्दैै आएको भएपनि घाटमा पानीको समस्यका कारण चिता धुन समेत कठिन भएका कारण समाजवाद अध्ययन केन्द्रले घाटमा पानी ब्यवस्था गरेको हो ।पानी ट्याङ्कीको सांसद रामेश्वर प्रसाद ढंगेलले उद्घाटन गरेका हुन् । मानिसको मृत्यु संस्कार सवै भन्दा ठुलो संस्कारका रुपमा लिईन्छ यस्तो पावन स्थलमा पानी उपलब्धता गराउनु पुन्यको कार्य भएको उनले बताए । कसैलाई पानी खुहाउनु त्यतीकै पनि पुन्यको काम भएको बताउँदै उनले यस्तो कार्य सराहनीय हो यस्तो कार्य अन्य स्थानमा पनि गर्न केन्द्रलाई आग्रह गरे ।
केन्द्रले हाललाई २ हजार लिटरको एक पानी ट्याङ्की पानीको लागि मुल देखि घाट सम्म खानेपानीको पाईप विस्तार गर्ने र घाटमा आउनेहरुका लागि नुहाउनको लागि घारा आदि ब्यवस्था समाजवाद अध्ययन केन्द्रले गरेको केन्द्रका अध्यक्ष दुर्गा प्रसाद फुयालले जानकारी दिए । कार्यक्रममा नेपाली काँग्रेस पुर्व क्षेत्रीय सभापती कृष्णलाल भँडेल , नेपाली काँग्रेसका नेता राजाराम खड्का , नेता यादव अधिकारी , वडा नम्वर ७ का वडा अध्यक्ष ज्ञान वहादुर केसी , वडा नम्वर ८ का वडा अध्यक्ष परासर सापकोटा लगायतका वक्ताले सामाजिक कार्यमा सवैले साथ दिनु पर्नेमा जोड दिए ।