जग्गा सम्याउँदा अरनिको राजमार्ग भासियो

भक्तपुर न्यूज

९ भदौ २०७४ ७:३४

जग्गा सम्याउँदा अरनिको राजमार्ग भासियो

भक्तपुर । भक्तपुरको पलासेँमा अरनिको राजमार्ग भासिएको छ । सुर्यबिनायक नगरपालिका वडा नं ९ पलासँेमा स्थानीय व्यक्तिले खोला थुनेर जग्गा सम्याउन लाग्दा खोलाको पानीका कारण सडक भासिएको हो । खोलाको दायाँ बायाँ आफ्नो जग्गा भएकोले खोलामा हिम पाईप राखेर खोला माथि ब्यापारिक प्रायोजनका लागि जग्गा सम्याउने काम गर्दा मंगलबार परेको पानीले खोलाको बहाब बढेर सडकमा आएपछि सडक क्षति भएको स्थानीयले जानकारी दिए ।

डिभिजन सडक कार्यालयलाई जानकारी नै नदिई सडक मापदण्ड भित्रको जग्गा सम्याउने काम गरेको र सडकलाई समेत क्षति पुर्याएको सडक डिभिजन कार्यालयले बताएको छ । दोषीलाई सार्वजनिक सडक ऐन अन्तर्गत २०३१ को दफा १८ वमोजिम कडाकार्वाही गर्ने डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख गुरु प्रसाद अधिकारीले बताए ।

सुर्यबिनायक नगरपालिका वडानं ९का वडाअध्यक्ष उमेन्द्र केसीका अनुसार स्थानीयको बिरोध गर्दा पनि अटेर गरि र बडाकार्यालयलाई समेत जानकारी नदिई प्रकाश जोशीले सार्वजनिक जग्गा अतिक्रम गरेका हुन । वडाकार्यालयमा बोलाई यो काम नियम बिपरीत भएकोले तत्काल काम रोक्नु भनेपनि उनले अहिलेसम्म अटेरीपुर्वक मनोमानी रुपमा जग्गा सम्माउने काम गरिरहेको वडाअध्यक्ष केसीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *