कथा बन्दै भक्तपुरको राष्ट्रिय प्राणी उद्यान

भक्तपुर न्यूज

७ भदौ २०७४ ८:५१

कथा बन्दै भक्तपुरको राष्ट्रिय प्राणी उद्यान

भक्तपुर । भक्तपुरमा निर्माण हुन थालेको राष्ट्रिय प्राणी उद्यानको काम सुस्त गतीमा बन्दा र समस्याको पहिचान नगरि काम अघि बढाउँदा अलपत्र अवस्थामा रहेको छ । प्राणी उद्यानको एक बर्ष अघि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेतापनि कामले जुन गति लिनु पर्ने हो त्यसो हुन नसक्दा उद्यानको पूर्णता बारे प्रश्न उठ्न थालेको छ ।
परापूर्वकालदेखि रहेको सूर्यबिनायक मन्दिर क्षेत्रका बारे कुनै निर्णय नगरिनु र स्थानियहरुको घरका क्षतीका बारे समेत अन्यौलता रहेका कारण उद्यानको कामले गती लिन सकेको छैन । ओलीले शिलान्यास गरेको भवनको जग समेत खन्न नसकेको अवस्था रहेको प्राणी उद्यानले भने देखावटी भए पनि काम गर्न १२ किलोमिटर आसपास क्षेत्रमा तार जाली लगाउने काम गरेको छ ।
स्थानियका ब्यापाक बिरोधका माझ काम गरिरहेको उद्यानले उक्त बन क्षेत्रमा रहेका पानीको मूहान र ट्याँकिका बारे निर्णय गर्न नसक्नुका साथै पुस्तौं पुस्ता देखि गरिने कूल पुजा गर्ने स्थानहरुका बारे समेत कुनै निर्णय गर्न नसकेको स्थानियहरुको गुनासो रहेको छ । सूर्यबिनायकदेखि घ्याम्पे डाँडा क्षेत्रमा जाने सडकका बारे समेत कुनै निर्णय गर्न नसकेको प्राधिकरणले कहिले काम सक्ला भन्ने प्रश्न यती बेला स्थानियहरु पोख्छन् । स्थानिय सुन्दर थापा भन्छन्, शिलान्यास गर्दा के के गरौला जस्तो गरेका थिए तर सबैको कमाइै खाने माध्यम मात्र बनेको जस्तो छ यो प्राणी उद्यान ।
ठूला ठूला योजनाका कुरा गर्नेले सबैभन्दा पहिला आफ्नो कार्यालय भवनको जग समेत खन्न नसकेको देख्दा कसरी उनीहरुको कुराको बिश्वास गर्ने उनी प्रति प्रश्न गर्छन् ।
यता प्राणी उद्यान कार्यालयका प्रमुख नारायण रुपाखेती भन्छन् , प्राणी उद्यान क्षेत्रको १२ किमि सिमामा तारे जाली लगाउने काम झण्डै जसो सकिसकेको छ भने, कार्यालय भवनको जग समेत खन्ने काम सुरु भईरहेको छ ।
उनी भन्छन्, उद्यानको गुरुयोजना तयार भई नसकेको र योजना तयार पश्चात कामले तिव्रता पाउने छ ।
जे जसो भएता पनि भक्तपुरमा बन्न थालेको राष्ट्रिय प्राणी उद्यानका बारे देखिएका समस्याको पहिचान गरि सम्बोधन नगरिए त्यसले भविष्यमा समस्या निम्त्याउनुका साथै स्थानियको समेत बिरोध सकारात्मक वातावरण नबन्ने स्थानियहरु बताउँछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *