प्रतिनिधिसभा बैठक सुरु, प्रधानमन्त्रीले विश्वासको मत लिँदै (प्रत्यक्ष प्रसारण)

भक्तपुर न्यूज

२८ असार २०८१ ५:४३

प्रतिनिधिसभा बैठक सुरु, प्रधानमन्त्रीले विश्वासको मत लिँदै (प्रत्यक्ष प्रसारण)

काठमाडौं । प्रतिनिधिसभाको बैठक संसद् भवन नयाँ बानेश्वरमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने कार्यक्रम रहेको छ।नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले नेपालको संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेका हुन् ।

नेपालको संसदीय इतिहासमा यसरी प्रधानमन्त्रीले डेढ वर्षमै पाँचौँ पटक विश्वासको मत लिनुपरेको सम्भवतः यो पहिलो घटना हो । संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेस र एमालेले यही असार १७ गते राति नयाँ सत्ता समीकरणका लागि सहमति गरेका थिए । दुवै ठुला दलले आलोपालो सरकारको नेतृत्व लिने गरी सरकार गठनको सहमति र निर्णय गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डको पक्षमा माओवादी केन्द्र सहित राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादी मात्र देखिएका छन् । यी तीन दलको मात्र ६३ सिट रहेको छ । कांग्रेस, एमाले, राप्रपासहितका अन्य साना दलहरू विपक्षमा उभिएकोले प्रचण्डले विश्वासको मत पाउने सम्भावना देखिएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *