रास्वपा महामन्त्री ढकाललाई पदबाट बर्खास्त, साधारण सदस्य भने रहने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री डा. मुकुल ढकाललाई पार्टीको साधारण सदस्य मात्र रहने गरि पदबाट बर्खास्त गरेको छ । अनुशासन आयोगले ढकालमाथि कारबाही गर्न सिफारिस गरेको थियो ।
आयोगले साधारण सदस्य पनि नरहने गरी निष्कासन गर्न सुझाव दिएकोमा केन्द्रीय समितिको बैठकले त्यसलाई थोरै संशोधन गरेर सदस्य मात्रै रहने गरि कारबाहीको निर्णय गरेको हो । ढकालले महामन्त्रीसँगै पार्टी प्रवक्ता र केन्द्रीय सदस्यको पद पनि गुमाएका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
