सिंहदरबार प्रवेशका लागि साउन १ गतेदेखि विद्युतीय पास लागू हुने

भक्तपुर न्यूज

२४ असार २०८१ ५:२८

सिंहदरबार प्रवेशका लागि साउन १ गतेदेखि विद्युतीय पास लागू हुने

काठमाडौं । साउन १ गतेदेखि सिंहदरबार प्रवेशका लागि विद्युतीय पास लागू हुने भएको छ । गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसािद भट्टराईका अनुसार सिंहदरबार प्रवेशलाई सहज बनाउन अनलाइनमार्फत विद्युतीय पासको व्यवस्था गरिने भएको हो ।

प्रवक्ता भट्टराईले भने, “जसले कम्प्युटर चलाएर अनलाइनबाट एप्लाई गरेर पास लिनसक्नुहुन्छ, उहाँहरु त्यो पास लिएर आउन सक्नुहुन्छ । नसक्नेहरुलाई अहिले पुरानै सिस्टम पनि यथावत छ ।सिंहदरबार प्रवेश पासलाई सहज बनाउन यसो गरिएको छ । जसले कम्प्युटरमा एप्लाइ गरेर पास लिन सक्नुहुन्छ, उहाँलाई स्मार्ट युजर भनेका छौं । अरुलाई अर्डिनरी युजर भनेका छौं ।”

सुरक्षालाई थप व्यवस्थित गर्न यसो गरिएको हो भन्ने जिज्ञासामा उनले सुरक्षा व्यवस्थाका लागि प्रवेश पास सँगसँगै नियमित चेकजाँच यथावत् हुने जानकारी दिए ।

उनले भने, “गृह मन्त्रालयको वेबसाइटमा जाने । लग इन गर्ने, पासका लागि रिक्वष्ट गर्ने । कसलाई भेट्ने हो ? कति बजे भेट्ने हो ? सबै कुरा फिल अप गर्ने । अनि यता सम्बन्धित मन्त्रालयको व्यक्तिले एप्रुभ गर्नुहुन्छ । भेट्न चाहने व्यक्ति व्यस्त हुुनुहुन्छ भने व्यस्त भनेर लेखिदिनुहुनेछ । अनि जुन दिन समय मिल्छ त्यही दिन पास बोकेर आएर भेट्न सकिनेछ ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *