सहकारी छानबिन संसदीय विशेष समितिले दियो काममा तीव्रता

भक्तपुर न्यूज

५ असार २०८१ ५:४१

सहकारी छानबिन संसदीय विशेष समितिले दियो काममा तीव्रता

काठमाडौं । सहकारी संस्थाको बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले कामलाई तीव्रता दिएको छ । बुधबार बिहान ११ बजेदेखि सिंहदरबारमा समितिको बैठक जारी छ ।

अहिले कानुन व्यवसायी र प्रहरी महानिरीक्षकसँग छलफल गरिरहेको समितिकी सदस्य ईश्वरी न्यौपानेले बताइन् । ‘आज सीआइबीको रिपोर्ट मौखिक होइन लिखित डकुमेन्ट लिन्छौँ,’ उनी भनिन् ।

मंगलबार बसेको समितिको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीसहितका सम्बद्ध निकायसँग प्रारम्भिक छलफल भएको थियो । उनीहरुले कानुनी र व्यवहारिक पक्षको जानकारी गराएको थिए ।

समस्याग्रस्त २० वटा सहकारीका अध्यक्ष र पदाधिकारीहरूले प्रतिवेदन बुझाएका थिए । तीन वटा सहकारीको समस्या समाधान भइसकेको समितिलाई जानकारी गराइएको छ । न्यौपानेका अनुसार समितिलाई म्यान्डेट दिएका ९ वटा (उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएका) सहकारीको कागजात उपलब्ध गराउन समितिले भनेको छ ।

प्रकाशित मितिः २०८१ असार ०५ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *