प्रतिनिधि सभामा आगामी बजेटमाथि छलफल सकिंदै
काठमाडौं । प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सकिंदैछ ।
मंगलबार गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको बजेटमाथि छलफल हुँदैछ ।
मंगलबार मन्त्रालयगत छलफल सकिएपछि बुधबारबाट सम्बन्धित मन्त्रालयले जवाफ दिने सम्भावित कार्यसूची छ । बुधबार, बिहीबार र शुक्रबार सम्बन्धित मन्त्रीहरुले सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिनेछन् । शुक्रबार नै बजेट पारित गर्ने संसदीय धयालेन्डर छ ।
गत जेठ १५ गते अर्थमन्त्री बर्षमान पुनले आगामी आर्थिक बर्षको लागि बजेट ल्याएका थिए ।
प्रकाशित मितिः २०८१ असार ०४ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
१७ असार २०८२ १२:००
आजदेखि पेट्रोलमा ५, डिजेल र मट्टितेलमा ४ रुपैयाँ वृद्धि
१७ असार २०८२ १२:०१
निजामती सेवा विधेयक : आजै पुरानै अवस्थामा लैजान डा. शेखरको माग
२० असार २०८२ ६:००