धावनमार्गमा क्र्याक देखिएपछि त्रिभुवन विमानस्थलमा उडान प्रभावित

भक्तपुर न्यूज

२४ जेठ २०८१ १२:३८

धावनमार्गमा क्र्याक देखिएपछि त्रिभुवन विमानस्थलमा उडान प्रभावित

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा क्र्याक देखिएपछि उडान प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महानिर्देशक जगन्नाथ निरौलाले हाल अन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान बन्द रहेको बताएका छन् ।

प्वाल परेको भागलाई टालेपछि मात्रै उडान अवतरण हुने भएकोले आवश्यक मर्मतका लागि विमानस्थलबाट हुने उडान अवतरण बन्द गरिएको हो । करिब १० मिनेटदेखि धावनमार्ग मर्मत भइरहेको उनले बताए ।

अबको १० मिनेटपछि मर्मत सकिएर नियमित सुचारु हुने निरौलाको भनाइ छ । यसअघि पनि जेठ ११ गते धावनमार्गको कोटेश्वर (०.२) भागको पीचमा प्वाल परेपछि ४५ मिनेट उडान रोकिएको थियो ।

प्रकाशित मितिः २०८१ जेठ २४ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *