गिरीबन्धु टि स्टेटबारे अनुसन्धान गर्न गृहमन्त्रीलाई विश्वप्रकाशको आग्रह

भक्तपुर न्यूज

२४ जेठ २०८१ ७:०५

गिरीबन्धु टि स्टेटबारे अनुसन्धान गर्न गृहमन्त्रीलाई विश्वप्रकाशको आग्रह

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले गिरीबन्धु टि स्टेटबारे अनुसन्धान गर्न माग गरेका छन् ।

प्रतिनिधि सभाको विशेष समयमा बोल्दै महामन्त्री शर्माले  एमाले अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धुको जग्गा कांग्रेसले बेचेर खाएको आरोप लगाएको बारे फाइल खोलेर कांग्रेसलाई कारवाही गर्न चेतावनी दिएका हुन् ।

उनले भने- ‘सत्ता गठबन्धनको प्रमुख नेताले कांग्रेसले गिरीबन्धुको ७० बिघा जग्गा बेचेर कमिसन खायो भनेर भन्नु भएको विषयमा गृहमन्त्री ज्यू के तपाइँ फाइल खोलेर कांग्रेसलाई दण्डित गर्न तयार हुनुहुन्छ ? म जान्दछु, खोल्न होइन बोल्न पनि उहाँ सक्न्नु हुन्न । भन्न सक्ने भए शिक्षामन्त्रीज्यु उपरको शब्द फिर्ता लिनुस पुर्व प्रधानमन्त्री ज्यू भनेर दमदार ढंगले भन्न सक्नु हुन्थ्यो, नम्रता पुर्बक पनि भन्न सक्नु हुन्थ्यो ।’

प्रकाशित मितिः २०८१ जेठ २४ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *