आजै विश्वासको मत लिन तयार भए मुख्यमन्त्री यादव
काठमाडौं । मधेशका मुख्यमन्त्री सरोजकुमार यादव अन्ततः विश्वासको मत लिन तयार भएका छन् ।
सत्ताबाट बाहिरिने निश्चित भएपछि उनले बिरामी परेको भन्दै विश्वासको कार्यसूची सार्न सभामुखलाई आग्रह गरेका थिए । तर, सभामुख रामचन्द्र मण्डलले उनको आग्रह अस्वीकार गरेर बैठक बोलाए । बैठकमा मुख्यमन्त्री र मन्त्रीहरू अनुपस्थित भएका छन् ।
त्यसपछि सभामुख मण्डलले १० मिनेटका लागि बैठक स्थगित गरेका छन् । सभामुख मण्डल विश्वासको मतका लागि जसपा नेपालका सांसद र मुख्यमन्त्रीसँग छलफलमा छन् । छलफलमा मुख्यमन्त्री यादव विश्वासको मत लिन तयार भएको जसपा नेपालकै एक सांसदले बताए ।
प्रकाशित मितिः २०८१ जेठ २३ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
