१२ वर्षदेखि रोकिएको अग्नि सापकोटाविरुद्ध मुद्दाको सुनुवाइ सकियो, फैसला भने आउन बाँकी

भक्तपुर न्यूज

२३ जेठ २०८१ ८:२९

१२ वर्षदेखि रोकिएको अग्नि सापकोटाविरुद्ध मुद्दाको सुनुवाइ सकियो, फैसला भने आउन बाँकी

काठमाडौं । काभ्रेका अर्जुन लामाको हत्यासम्बन्धी माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर भएको मुद्दाको सुनुवाइ सकिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासमा बुधबार सुनुवाइ सकिएको हो ।

सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेले आज मुद्दाको अन्तिम सुनुवाइ सकिएको जानकारी दिँदै फैसला भने आउन बाँकी रहेको बताए । सर्वोच्चले आजै संक्षिप्त आदेश वा निर्णय सुनाउने दिन तोक्न सक्नेछ ।

१२ वर्षअघि अर्थात २०६९ मंसिरमा अर्जुन लामाकी श्रीमती पूर्णिमाया लामाले आफ्नो पतिको हत्यामा सापकोटा सूर्यमान दोङसहितका माओवादी कार्यकर्ताहरु यादव पौडेल, भोला अर्याल, कर्णाखर गौतम, नोर्बु मोक्तानमाथि छानबिन गर्न आदेशको माग गर्दै रिट दायर गरेकी थिइन्।

प्रकाशित मितिः २०८१ जेठ २३ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *