सरकारले स्थानीय तहलाई बजेट विनियोजन नगरेकोमा सांसद सुवालको असन्तुष्टि

भक्तपुर न्यूज

२२ जेठ २०८१ ११:४२

सरकारले स्थानीय तहलाई बजेट विनियोजन नगरेकोमा सांसद सुवालको असन्तुष्टि

काठमाडौैं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले स्थानीय तहलाई बजेट विनियोजन नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

मंगलवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ उनले सो कुरा बताएका हुन्। सांसद सुवालले स्थानीय तहमार्फत देशको बजेट ५० प्रतिशत विनियोजन गरेर विकास, निर्माणको काम गर्नुपर्नेमा सरकारले सोही अनुसारको बजेट स्थानीय तहलाई विनियोजन नगरेको बताए। उनले संघ र प्रदेशले स्थानीय तहको अधिकारलाई हस्तक्षेप गर्न नमिल्ने बताए।

सांसद सुवालले भने, ‘अब स्थानीय तहको स्वायत्तता र विकेन्द्रीकरण भन्ने छ। अहिले स्थानीय तहलाई सरकारले बजेट नै पठाएन। स्थानीय तहमार्फत् देशको बजेट ५० प्रतिशत विनियोजन गरेर विकास निर्माण गर्नुपर्ने हुन्छ। त्यो सबै तहको लागि त्यही ढंगले हेरिनुपर्छ। संघ र प्रदेशले स्थानीय तहको अधिकारलाई हस्तक्षेप गर्न मिल्दैन।’

सांसद सुवालले स्थानीय तहको स्वायत्तता र विकेन्द्रीकरण भन्ने संवैधानिक व्यवस्था भएकाले त्यस अनुसार संघ र प्रदेश सरकारले स्थानीय तहसँग व्यवहार गर्नुपर्ने बताए।

प्रकाशित मितिः २०८१ जेठ २२ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *