राजेन्द्र लिङ्देनले अर्थमन्त्री खोजेपछि प्रतिनिधि सभा बैठक स्थगित

भक्तपुर न्यूज

२२ जेठ २०८१ ९:०६

राजेन्द्र लिङ्देनले अर्थमन्त्री खोजेपछि प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौैं । राप्रपाका सांसद राजेन्द्र लिङ्देनले बजेटमाथिको छलफलमा अर्थमन्त्री संसद् बैठकमा नभएको भन्दै आफ्नो कुरा कसलाई सुनाउने भन्दै सभामुखलाई प्रश्न गरेका छन् ।

‘कसले सुनिदिनुहुन्छ त मेरो कुरा ? उहाँलाई धन्यवाद दिन पनि .. के हुन्छ यस्तो बेला ?, मन्त्री त हुनुपर्‍यो होला कि उहाँको बदला कसैले सुन्नुपर्‍यो’, लिङ्देनले भने । त्यसपछि सभामुखको भूमिकामा रहेकी इन्दिरा रानाले अर्थमन्त्री राष्ट्रिय सभा बैठकमा जवाफ दिन जानुभएको र केही बेरपछि आउने भन्दै लिङ्देनलाई बोल्न आग्रह गरिन् ।

तर लिङ्देनले अर्थमन्त्री उपस्थित नभएसम्म नबोल्ने भन्दै उभिइरहे । त्यसपछि सभामुखले समय थप्न सकिने भने पनि लिङ्देन बोल्न चाहेनन् । त्यस क्रममा सभामुख र लिङ्देनबिच दोहोरी नै चल्यो । त्यसपछि सत्ता पक्षका सांसद दयालबहादुर शाहीले उठेर सभामुखसँग दोहोरी नखेल्न लिङ्देनलाई आग्रह गरे ।

त्यसपछि राप्रपाका ज्ञानेन्द्र शाहीले आफ्नो पार्टीको दलको नेताले अर्थमन्त्री खोज्नु दोहोरी हुन्छ भनेर प्रश्न गरे । त्यसपछि सभामुख देवराज घिमिरेले लिङ्देनलाई बस्न आग्रह गर्दै राष्ट्रिय सभा र प्रतिनिधि सभा एकैपटक भएकाले अर्थमन्त्रीले अर्को बैठकमा जवाफ दिइरहेकाले यस्तो अवस्था आएको जानकारी दिइन् । उनले १५ मिनेटका लागि बैठक स्थगित गरिन् ।

प्रकाशित मितिः २०८१ जेठ २२ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *